क्वारेन्टाइनमा बसेर घर जान थालेकाहरुले ओड्ने ओछ्याउने नै चोरेर लैजान थाले

परासी। क्वारेन्टाइनमा बस्ने अवधि सकिएर घर जानेहरुले ओड्ने ओछ्याउने नै चोरेर लैजान थालेका छन्। पश्चिम नवलपरासी जिल्लाका केही क्वारेन्टाइनमा बस्नेहरुले स्थानीय तहले उपलब्ध गराइएका तन्ना र झुल आफू घर जाँदा लुकाएर लैजाने गरेको पाइएको हो । यसले गर्दा स्थानीय तहलाई आर्थिक बोझ थपेको छ।

क्वारेन्टाइनमा आउँदा झोला लिएर आउने केही व्यक्तिहरुले झुल र तन्ना लैजाने गरेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले बताए । ‘घर जाँदा झोलामा लत्ताकपडा लुकाएर लैजाने गरेको पाइएको छ’ उनले भने ‘झोला खानतलासी गर्ने कुरा पनि भएन तर खाली भएको कोठामा गएर हेर्दा उनीहरुलाई उपलब्ध गराइएका तन्ना र झुल नै नभएको पाइने गरेको छ ।’

कपडा चोरी हुन थालेपछि निगरानी बढाउन थालिएको उनले बताए । नगरपालिकाले सदरमुकाम परासीसहित ११ वटा वडामा क्वारेन्टाइन बनाएको छ । सबैमा गरी क्वारेन्टाइनमा बस्नेको संख्या १३८ छ । जिल्लामा हरेक दिनजसो भारतबाट आउनेको संख्या बढ्दो छ । अहिले जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १४०८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

अहिलेसम्म ८६५ को पीसीआर र ६३३ को आरडिटी विधिबाट कोभिड–१९ को परीक्षण गरिएको छ । जसमा ५ जना संक्रमित भएका छन् । आरडिटीबाट परीक्षण गरिएकामध्ये १३ जनामा पोजेटिभ देखिएको छ । जसमा पीसीआर गर्दा एक जनाको रिपोर्ट नेगेटिभ देखिएको थियो भने अन्य १२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भर्खरै प्रकाशित

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…

केपी ओली एकदमै गन्हाउने कुहिएको अण्डा, त्यसलाई गाडिन्छ या जलाइन्छ…

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको…

दुई दशकपछि मेलम्चीको पानी काठमाडौं झर्यो

काठमाडौँ, २२ फागुन । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची…

पाटनबाट ३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गर्‍याे

काठमाण्डाै – ललितपुरको पाटनबाट हराएको वासुदेव-कमलाजा (लक्ष्मी-नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई ३७ वर्षअघि…