बाजुराकी दुई वर्षीया बालिकाकाे मृत्यु काेराेना भाइरसकै कारण भएकाे पुष्टि

बाजुरा। बाजुराकी दुई वर्षीया बालिकाकाे काेराेना भाइरसकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे छ । जिल्ला अस्पतालकाे आइसोलेशनमा राखिएकी बूढीगङ्गा नगरपालिका १ घर भएकी दुई वर्षीया बालिकाकाे आइतबार बिहान मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि स्वाब परीक्षणकाे लागि सेती प्रादेशिक प्रयोगशालमा पठाइएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनकाे काेराेना भाइरसकाे कारण मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । मृतक बालिकाकाे बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो ।

दुई वर्षीया बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएकाे थियाे । बालिकाकाे अवस्था निकै चिन्ताजनक रहेको र उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

आठ दिनअघि उनको परिवार भारतबाट आएकाे थिए । भारतबाट आएका उनीहरुलाई पहिले बूढीगङ्गा नगरपालिकाको क्वरेण्टीनमा राखिएको थियो । पछि बालिका बिरामी भएपछि, बिहीबार साँझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेशनमा ल्याइएको थियो ।

अब नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…