‘इन्डक्सन चुल्होको भन्सार शुल्क घटाइएको छ, रासायनिक मलमा भन्सार लाग्दैन’

काठमाण्डौ – सरकारले रसायनिक मलमा भन्सार शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ ।

आगामी बजेटमा रसायनिक मलमा पनि भन्सार लगाइएको भन्दै विरोध हुन थालेपछि भन्सार विभागका महानिर्देशक सुमन दाहालले कृषी कार्यमा प्रयोग हुने रसायनिक मलमा भन्सार शुल्क नलाग्ने स्पष्ट पार्नुभयो ।

कृषि कार्य वाहेक अन्य धेरै प्रयोजनमा पनि युरिया लगायतका रसायनिक मलको उपयोग हुने र त्यसको हकमा भने ५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको महानिर्देशक दाहालले जानकारी दिनुभयो ।

यस्तै विद्युतीय चुल्हो आयातमा पनि भन्सार शुल्क नबढाएको उल्टै घटाइएको उहाँले बताउनुभयो । इण्डक्सन चुलोमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुललाइ ५ प्रतिशतमा झारिएको महानिर्देशक दाहालले बताउनुभयो ।

‘लकडाउनका समयमा राहत दिनका लागि सरकारले जेठ १४ सम्म २ महिनाका लागि स्वास्थ्य सामग्री सँगै इण्डक्सन चुलोमा पनि भन्सार महसुल छुट दिइएको थियो, त्यो छुट पाउने अवधि समाप्त भइसकेको हुँदा जेठ १५ देखि १५ प्रतिशत तिर्नुपर्ने हुन्थ्यो त्यहि भएर अव ५ प्रतिशत मात्र तिरे पुग्छ ।’ दाहालले भन्नुभएको छ ।

यस्तै कतिपय बीउबीजनमा पनि भन्सार शुल्क बढाएको भनेर हल्ला भएको तर बीउबीजनको भन्सार शुल्क १ प्रतिशतमा झारिएको भन्सार विभागले जनाएको छ । आर्थिक ऐनमा भएका व्यवस्था राम्रोसँग अध्ययन गरेर धारणा बनाउन पनि विभागले अनुरोध गरेको छ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…