कोरोना भाइरसबाट विदेशमा १२१ र नेपालमा ७ जना गरि कुल १२८ नेपालीको मृत्यु

काठमाडौँ — विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।

संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ, यस्तै साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्ड्सान १ जना, र स्विडेनमा १ जनाको मृत्यु भएको छ ।

संयोजक डा.सापकोटाका अनुसार नेपालबाहिर करिब १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अस्ट्रेलिया, जापान, बेल्जियम, स्विजरल्यान्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्विडेन, नेदरल्याण्ड्सलगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

अहिलेसम्म प्राप्त तथ्यांकअनुसार सबैभन्दा बढी कतारमा करिब ७ हजार नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक हजार ७ सय, युएईमा एक हजार ६ सय, बेलायतमा एक हजार ५ सय १७ जना र नेपालमा एक हजार ४ सय १ जनामा संक्रमण देखिएको छ । त्यसैगरी साउदी अरबमा एक हजार ३ सय ६४, कुवेतमा ६ सय ५०, बहराइनमा ३ सय ११ र मलेसियामा ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये करिब ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिए । यो साता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो ।

एनआरएनएले सहजीकरण गर्ने

यसैबीच विदेशस्थित नेपाली फर्काउन संघले सरकारलाई सघाउने सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णयको गरेको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका छन् । उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताए ।

भर्खरै प्रकाशित

प्रदेश प्रमुख अहिराजको प्रशंसनीय काम, दु’र्घटनाका घा’इतेलाई आफैंले उद्धार गरी…

प्रदेश प्रमुखहरूसँगको भेटघाटका लागि प्रदेश भ्रमणमा निस्किएका प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले सडक दु’र्घटनामा घाइते भएकालाई आफैंले उद्धार गरी अस्पताल पठाएका छन्।…

यसरी आइपुग्यो सुन्दरीजलमा मेलम्चीको पानी

२२ फागुन, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन…

मेलम्चीको पानी ल्याउँदा–ल्याउँदै ओलीको भने, ‘यी लड्डु यस्तो बेलामा खानुपर्छ’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाण्डौमा ल्याउने काम नेपालका लागि नयाँ सिकाइ र महत्वपूर्ण काम भएको बताउनुभएको छ । मेलम्ची खोलाको पानी…

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…