देशको आधा जनसंख्या संविधानप्रति असन्तुष्ट छ, राष्ट्रिय एकताको कुरा गर्न सकिन्न : महन्थ ठाकुर

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महन्थ ठाकुरले देशको आधा जनसंख्या संविधानप्रति असन्तुष्ट रहेको बेला राष्ट्रिय एकताको कुरा गर्न नसकिने बताएका छन् ।

संविधान संशोधन गर्नुपर्ने मागहरु उठाउँदै आएका आक्रोशित जनताहरुको कुरा नसुने राष्ट्रिय एकताको कुरा सम्भव नभएको उनले बताए । संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेपनि दर्ता भने हुन सकेन ।

विधेयक दर्ता नभएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता ठाकुरले भने– ‘‘अहिले देशको एक भागको जनताका आक्रोशित छन् । उसले आफ्नो अधिकारको माग गरेको छ त्यसलाई सुन्नुहुन्न र खाली आफ्नो कुरा सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस् ।’’

नेता ठाकुरसँगै राजपाका केही नेताहरु संशोधन विधेयक दर्ता गराउन सचिवालय पुगेपनि समाजवादी पार्टीका नेताहरु भने सहभागि थिएनन् । संविधान जारी भएदेखि नै राजपाले नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरुमा संविधान संशोधन गर्नुपर्ने बताउँदै आएको छ ।

सरकारले नयाँ नक्सा जारी गरेसँगै संशोधनको प्रकृया अगाडी बढाएपछि राजपाले आफ्ना मागहरु पनि समेट्नुपर्ने बताएको छ । सोही अनुसार नेताहरु संसद सचिवालय पुगेपनि सचिवालयका महासचिव डा. भरतराज गौतमले आवश्यक अध्ययनपछि मात्रै दर्ता हुने बताएपछि नेताहरु आक्रोशित हुँदै फर्किएका थिए ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…