सलहको हल्ला चलिरहेकै बेला बर्दियामा फट्याङ्ग्राको सखाप पार्यो बालिनाली

काठमाडौँ । नेपालमा सलहको सम्भावित प्रवेश रोक्न पूर्वतयारी चलिरहेका बेला बर्दियाका कृषकलाई भने फट्यांग्राले दुःख दिएको छ । जिल्लाको मधुवन नगरपालिकाका विभिन्न वडाहरुमा फट्यांग्राले बालीनाली सखाप बनाएको कृषकहरुले बताएका छन् ।

मकै, धानको बीउ तथा जुनसुकै खाले हरियो बनस्पतिमा फट्यांग्राको झुण्ड बसेर नष्ट पारिदिएको नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष बिन्तिराम थारुले जानकारी दिए ।

‘यी फट्यांग्रा पहिले कतै देखेका थिएनौँ, एक-डेढ महिना भयो नगरपालिकाको विभिन्न वडामा भेटिएका छन्,’ बिन्तिरामले फोनमा भने । आफ्नै वडाका स्थानीयले लगाएको मकैमा सबै पातहरु खाईदिएर घोगा र डाँठ मात्रै बाँकी राखेको उनले बताए ।

नगरपालिकाको माचर, मधुवन, बाँधर भरीया र बसन्ता लगायतका गाउँमा फट्यांग्राले आतंक मच्चाएको उनको भनाइ छ । केही किसानले फट्यांग्रा मार्न विषादी प्रयागे गरे पनि सफल नभएको उनी बताउँछन् ।

‘विषादी हालेपछि मर्दैन, बरु उडेर भाग्छ । विषादीको गन्ध उडेपछि फेरि त्यहीँ आएर बस्छन्,’ वडा अध्यक्ष बिन्तिरामले भने ।

मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले खेतीपातीको हरियाली नास गर्ने फट्यांग्राहरु भेटिएको गाउँलेबाट आफूले थाहा पाएको बताए ।

‘बाली सखाप पार्‍यो भनेर गुनासो आएका छन्, मैले नगरको कृषि प्राविधिकलाई बुझ्न पठाएको छु,’ मेयर क्षेत्रीले भने ।

धानको ब्याड राख्ने समयमा फट्याङ्ग्राले बीउमा ठूलो हानी पुर्‍याएको कृषि ज्ञान केन्द्र गुलरियाले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत ओम प्रकाश शर्माले भने, ‘यो सलह हो कि भनेर मानिसहरु डराएका छन्, तर फट्यांग्रा हो । लकडाउनका कारण हामीले नियन्त्रणका लागि काम गर्न सकेका छैनौँ,’ शर्माले भने ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…