कतारमा एकैदिन ५ हजार २ सय ३५ जना डिस्चार्ज, निको हुने अधिकांश नेपाली

काठमाडौँ। कतारमा शनिबार मात्रै ५ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् । निको हुनेमा अधिकांश नेपाली कामदार छन् ।

कतारको जनस्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा अनुसार यो निको हुनेको यो संख्या हालसम्म कै उच्च संख्या हो । संक्रमितमध्ये १९ देखि ४० वर्षका युवा कामदार रहेकोले निको हुनेको संख्या पनि उच्च देखिएको हो । कतारमा हालसम्म २५ हजार ८ सय ३९ जनालाई निको भइसकेको छ ।

‘क्‍वारेन्टाइनमा बसेको ४० दिनपछि निस्कन पाए । दुईपटकको परीक्षण गर्दा नेगेटिभ आयो । क्‍वारेन्टाइनबाट निस्केर गाडीमा राखिएको थियो । म बसेको गाडीमा सबैजना नेपाली थिए,’ बाग्लुङका ३४ वर्षीय एक नेपालीले भने,‘कोरोनालाई जितेर निस्कदा सबैजना उत्साहित देखिन्थे । हामीलाई युद्ध मैदानबाट घर फर्केको जस्तो लागेको छ ।’

निको भएर निस्केकालाई १५ दिनसम्म क्याम्पमै बस्न समेत निर्देशन दिइएको उनले बताए । ‘यताउता नजानु भनेको छ । कसैलाई नभेट्नु भनेको छ । दुई हप्ता कम्पनीकै क्याम्पमै बस्नेछु,’ उनले भने ।

शनिबार नै थप २३ सय ३५ जनालाई कोरोना पोजिटिभ देखिएको छ । ५ हजार ९१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा यो संख्यामा पोजिटिभ देखिएको हो । जनस्वास्थ्य मन्त्रालयका अनुसार २९ हजार ३ सय ८७ जना क्‍वारेन्टाइन र अस्पतालमा उपचाररत छन् ।

मे १९ सम्मको रिपोर्ट अनुसार ६ हजार ९ सय ११ जना नेपाली कामदारलाई कोरोना पोजिटिभ देखिएको हो । कतारमा संक्रमित हुने समुदायमा नेपाली दोस्रोमा पर्छ । सबैभन्दा बढी भारतीय समुदाय देखिएको छ । मृत्युदर भने एकदमै कम छ । हालसम्म ३६ जनाको मृत्यु भएको छ । जसमा ३ जना नेपाली कामदार रहेका छन् ।

राष्ट्रिय महामारी प्रतिरोधक समितिका अध्यक्ष अब्दुल्ला हतीफ अलखलले खाडी क्षेत्रमै कतारले स्वास्थ्य परीक्षण दर बढाएकोले कोरोनाबाट संक्रमित संख्या बढेको देखिएको बताए । ‘कतारमा खाडीमै संक्रमणदर तुलनात्मक रुपमा बढिरहेको छ । आक्रमक रुपका सर्म्पक व्यक्तिको पहिचान भइरहेको छ । कतारले संक्रमित व्यक्तिको जालोलाई बृहत रुपमा अनुसन्धान गरिरहेको छ ।

सबैको परीक्षण भइरहेको छ । धेरै देशले यो गर्न सकेको छैन,’ उनले भने,‘नयाँ पहिचानले धेरै केश देखिइएको हो । शारीरिक र सामजिक दुरी कायम नहुँदा संक्रमितको संख्या बढिरहेको हो ।’

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धजले कतारले हार्दिकताका साथ सबै बिरामीलाई आफ्नो नागरिक सरह उपचार गरिरहेको बताए । ‘बिना भेदभाव अन्तर्राष्ट्रिय स्तरको उपचार भइरहेको छ । जसले गर्दा निको हुने संख्या पनि बढिरहेको हो । निको हुने पछिल्लो नतिजाले समुदायमा ठूलो हर्ष बढाएको छ,’ उनले भने ।

भर्खरै प्रकाशित

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…