कविता : भेरी

ए भेरी !
चर्चित छौ यतिखेर
बगाएको छौ कसैको सास
कसैको प्रेम र विस्वास
अनि कसैको भविष्यको आस
त्यतिमात्र कहाँ हो र ?
एकैचोटी गरेको छौ
जातीय विभेद र उत्पीडनको पर्दाफास
तिम्रो अबरोध युक्त
पुल वरिपरी अलमल छ यतिखेर
एक्काइसौ सताब्दीको समानता।

बगाएर हुत्याइदियौ
रगत सबको रातो भन्ने
हरेको दलको मुख्य नारा
लगाइदियौ जनआन्दोलन र जनयुद्धका
जातीय मुद्धा किनारा
पखाली दिएका छौ सेतु वि.क जस्ता सयौका रगतका डामहरू
देखाइदियौ नेपालि समाजको पारा
तिम्रा बगरमा स्तब्द बन्दै
टोलाउदै छन् यतिखेर
मानव अधिकारका घोषणापत्रहरु।

रुकुम जाजरकोट मात्र होइन
छर्लंग अनुहार देखाइदिएका छौ
कुनै वैचारिक परिवर्तन विनाका
वर्षे भेल र वर्षाका च्याउ झैँ
फर्केर नहेरिएकाछुवाछूत मुक्त गाउँ
देखिएका छन् झल्झली तिमी भित्र
तड्पिएरहेका पर्दा पछाडिका पात्र
वारि छ समानता पारि समाज
ऐना बनयौ बीचमा तिमि
एक्काइसौ शताब्दीको समानता
उन्नत र समुन्नत समाज
छर्लंगै देखाईदियौ आज।

– गीता निर्दोषी 

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…