इलेक्ट्रीक कारमा कर घटाउनुपर्नेमा सरकारले झन् बढायो

सरकारले केही दिन अघि ल्याएको नीतित तथा कार्यक्रमलाई नै पछाडि धकेल्नेगरि इलेक्ट्रीक सवारीसाधनमा भन्सारमा व्यापक वृद्धि गरेको हो ।

यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार दरलाई बढाएर ८० प्रतिशत पुर्याईएको छ भने अन्तःशुल्क पनि मोटर क्षमताको आधारमा लगाउने भएको छ ।

सरकाले बढाएको ८० प्रतिशत भन्सार र अन्तशुल्कको कारण अब एउटा गाडीको मूल्य तीन गुणासम्म बढ्ने भएको छ ।

यस्ता इलेक्ट्रीक कारको आयातमा सरकारले ५० प्रतिशत भन्सार छुट दिने कुरा आर्थिक अध्यादेशमा उल्लेख गरेको छ ।

विगत ३०-४० वर्षको इतिहास केलाएर हेर्दा नेपालले आफ्नै कच्चापदार्थको भरमा चलन सक्ने उद्योग व्यवसाय कहिल्यै चल्न दिइएको छैन । आयात गरेर देश चलाउनु पर्छ भन्ने मान्यताबाट सरकार अगाडि बढ्दै आएको छ । अहिले पनि त्यो मान्यता पहिलेको भन्दापनि डरलाग्दो रुपमा बढेको देखिन्छ ।

संसारभर इलेक्ट्रीक सवारीसाधनको बिक्रीमा सरकारले अनुदान दिइरहेको छ । तर, हाम्रो आफ्नै पानीबाट विद्युत उत्पादन बढिरहेको समयमा विद्युतीय सवारीसाधन ल्याउन पूर्णरुपमा रोकिने निर्णय गर्नु विगतकै संस्कारलाई पुष्टि गर्ने विषय हो ।

अहिले नेपालमा भएको उर्जा उत्पादन र बजार मागलाई हेर्दा उत्पादन बढी हुने अवस्था आएको छ । यसले सरकार विद्युत खपत बढाउनु हुँदैन भन्ने मान्यताबाट अगाडि गएको प्रस्ट हुन्छ ।

नेपालमा उत्पादन भएको बिजुली खपत नगर्ने, बाहिरबाट पेट्रोलियम पदार्थको आयात बढाउने र राज्य चलाउने नीतिले नेपालको हाइड्रोपावर अन्त्य हुन्छ भने व्यापार घाटा बढ्दै जान्छ । सरकारको विद्युतीय सवारीसाधनमा कर बढाउने विषय राष्ट्रिय महत्वको विषय थियो तर, अर्थमन्त्रीले अर्को अप्रिय निर्णय लिनुभयो ।

उत्पादित बिजुलीको प्रयोग भयो भन्ने विषयसँग डराएर सरकारले यस्तो निर्णय गरेको हो । हामी सवारीसाधन आयातकर्ताले यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार पनि हट्ने अपेक्षा गरेका थियौ । बजारमा सयौको संख्यामा विद्युतीय कार चल्न थालेका थिए । त्यसले प्रयोग गर्ने विद्युत, सून्य प्रदुषण र सून्य प्रायः मर्मत खर्चको कारण सरकारले यसलाई प्राथमिकता दिने सोचेका थियौं ।

हिजो हामीसँग धान चामल निर्यात कम्पनी थियो । जनसंख्या उत्तिनै हो । तर, अहिले हामी वार्षिक अर्बौको आयात गरेर खाने भयौ । यो सबै हुनुको पछाडि सरकारले लिएको खराव नीति नै मुख्य कारण हो ।

एसियामा नै चीनपछि नेपालले तुलनात्मक रुपमा धेरै इलेक्ट्रीक कारको प्रयोग गर्न थालेको (कम्बस्चन इन्जिन युक्त गाडीको बिक्री आधारमा) थियो । नागरिकको तहबाट सहजै यस्ता साधन छनोट हुन थालेपछि सरकार आत्तियर यसको आयात रोक्ने बाटोमा पुग्यो । मेरोअटो 

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…