अब कुन सवारीसाधनमा कति भन्सार र अन्तःशुल्क लाग्छ?

काठमाडौं । नेपाल सवारीसाधनमा सर्वाधिक धेरै कर लगाउने मध्यको एक देश हो । नेपालमा एउटा सामान्य गाडी किन्ने पैसाले भारतमा ३ वटा गाडी किन्न सकिन्छ भने विलासी गाडी एउटा किन्ने रकममा ५ वटासम्म किन्न सकिन्छ ।

अर्थमन्त्रीमा डा. यूवराज खतिवडाले कार्यभार संभालेसँगै उनले नेपाल आउने सवारीसाधनमा लाग्दै आएको करका दरलाई सीसीको आधारमा वर्गिकरणगरि तहगत अन्तःशुल्कको व्यवस्था गरेका थिए ।

आर्थिक वर्ष २०७५/७६ को बजेटले जीप, कार तथा भ्यानमा लाग्दै आएको करलाई ५ तहमा छुट्टाछुट्टै कर लाग्ने व्यवस्था गरेको थियो ।

सरकारले सबै किसिमका भारतबाट आयात हुने निजी प्रयोजनमा प्रयोग हुने गाडीमा ७७.६ प्रतिशत भन्सार लगाउदै आएको छ भने तेस्रो मुलुकबाट आयात हुने गाडीमा ८० प्रतिशत भन्सार लगाउदै आएको छ ।

अन्तःशुल्क भने १ हजार सीसीभन्दा कम क्षमताको गाडीमा ६० प्रतिशत, १ हजारदेखि १५०० सीसीसम्मका गाडीमा ६५ प्रतिशत, १५०० देखि २००० सीसीसम्मका गाडीमा ७० प्रतिशत लगाउँदै आएको छ ।

त्यसैगरि २००० सीसीदेखि २५ सीसीसम्मको गाडीमा ८५ प्रतिशत र २५०० सीसीमाथिका गाडीमा १०० प्रतिशत अन्तःशुल्क लगाउदै आएको छ ।

सरकारले भन्सार र अन्तःशुल्कपछि भ्याट वापतको १३ प्रतिशत र सडक दस्तुर बापत २००० सीसीभन्दा कम क्षमताका गाडीमा ८ प्रतिशत र २००० सीसी माथिका गाडीमा १० प्रतिशत कर लगाउदै आएको छ ।

इलेक्ट्रीक कारमा यस्तो छ करका दर

कम्बस्चन इन्जिनका गाडीको तुलनामा इलेक्ट्रीक कारमा करका दर निकै कम रहेको छ । सरकारले इलेक्ट्रीक सवारीसाधनको प्रयोगलाई बढाउने नीति बनाएकाले यस्ता गाडीमा १० प्रतिशत भन्सार शुल्क लगाउदै आएको छ । इलेक्ट्रीक गाडीमा अन्तःशुल्क लगाइएको छैन भने सडक दस्तुर कम्बस्चनको तुलनामा आधा कम ४ देखि ५ प्रतिशत लगाउँदै आएको छ । भ्याट वापतको १३ प्रतिशत रहेकाे छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि आज बजेट प्रस्तुत गर्ने भएको छ । आगामी वर्षको बजेटमा सवारीसाधनमा लाग्दै आएको करका दरमा कुनै परिवर्तन हुन्छ वा हुँदैन भन्ने विषय भने बजेटपछि नै थाहापाउन सकिने छ ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…