अस्पतालले भर्ना गर्न अस्वीकार गरेपछि झापाका २७ कोरोना संक्रमित रातभर गेट बाहिर

बिर्तामोड। शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ ।

अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु शुक्रबार रातभर अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । पुष्टिलगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै भएका हुन् ।

उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । ‘संक्रमण पुष्टि भएकाहरुलाई धरान नै पठाइरहेका थियौं । मन्त्रालयको समन्वयमा उनीहरुलाई पनि धरान पठाएका हौं’ चम्लागाईले भने,‘तर, अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएको छैन । संक्रमतिहरु रातिदेखि अस्पतालको गेट बाहिर बसिरहेका छन् ।’

जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ५ पुगेको छ । उनीहरुमध्ये कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ जना उपचार पछि घर फर्किएका छन् भने अन्य सबै उपचाररत छन् ।

भर्खरै प्रकाशित

जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपा सुनारले प्रहरीमा दिइन्…

तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका–…

युरोपको एउटा ‘फुच्चे’ देश कसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड…

उत्तर कोरियामा लाग्दैछ भोकमरी, प्रतिकेजी केराको मूल्य ४५ डलर

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम जोङ उनका विभिन्न तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। किमले अन्तर्राष्ट्रिय राजनीतिमा केही असर पर्ने काम गरेकाले उनका तस्बिर…

प्रहरीले छानविन गर्न थालेपछि माफी मागिन् ज्वाला सङ्ग्रौला

ट्राफिक प्रहरीले लाइसेन्स माग्दा रंगभेदी दुर्व्यवहार गर्ने ज्वाला सङ्ग्रौला र उनको समूहविरुद्ध मु’द्दा चलाउन प्रहरीले छानविन अघि बढाएको छ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने…

‘एक्स ९’मा सुनिल सेट्टीलाई अफर, अनमोलसँग होला पर्दा शेयर ?

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको तेश्रो चलचित्र ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ…