मन्त्रीको विवादित भाषण : कोरोना श्रीमती जस्तै हो, नियन्त्रण गर्न सकिँदैन !

जकार्ता । इन्डोनेसियाका एक मन्त्रीले कोरोनाभाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् ।

उनले ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोलेपछि विवादित बनेका हुन् । सामाजिक रुपमा यससँग नडराउन पनि उनको आग्रह थियो ।

इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेका छन् ।

साथै उनको अभनाइप्रति आपत्ति जनाएका छन् । मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत उक्त अभिव्यक्ति दिएका थिए ।

यही मंगलबार उनले सम्बोधनको क्रममा भनेका थिए, ‘के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ ।

अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’

महिला अधिकारकर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भत्र्सना गरेका छन् । इन्डोनेसियन सरकारले सामाजिक दूरी कायम राख्न ३ लाख ४० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

जहाँ कोरोनाभाइरसका संक्रमितको संख्या २४ हजार पुगेको छ । १ हजार ४ सय ९६ जनाको मृत्यु भइसकेको छ ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…