कोरोना सर्ने डरले स्थानीयले भत्काए विद्यालय

जाजरकोट। भारतबाट आएकालाई विद्यालयको भवनमा राख्न थालेको भन्दै जाजरकोट भेरेका स्थानीयले विद्यालय नै भत्काइदिएका छन् । कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाको निर्णयअनुसार भारतलगायतका मुलुकबाट उद्धार गरि ल्याइएकालाई विद्यालयमा क्वारेन्टाइन बनाइ राख्न आवश्यक तयारी थालिएपछि भेरी नगरपालिका ६ कृष्ण मन्दिरमा रहेको कृष्ण प्राथमिक विद्यालय भवन केही शिक्षक र स्थानीयले भत्काइदिएका हुन् ।

भारतबाट आएकालाई नजिक राख्दा कोरोना सर्ने भन्दै स्थानीय लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कार्यरत शिक्षक जयबहादुर शाही लगायतका केही स्थानीयले विद्यालय भवन पुरै भत्काइदिएको वडा अध्यक्ष शसी बुढाले बताए ।

मानिसको वस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको भन्दै उनीहरुले हातहतियारसहित आएर विद्यालय छानो र पर्खाल सबै भत्काइदिएको वडाध्यक्ष बुढाले बताए ।

अधिकांश गाउँलेको सहमति, वडास्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशनअनुसार आफूहरुले उक्त विद्यालयलाई क्वारेन्टाइन बनाइ उद्धार गरिएका स्थानीयलाई राख्न खोज्दा शिक्षक शाही, स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र वले घर्तीलगायतले विद्यालय भवन नै भत्काइदिएपछि समस्या भएको वडाध्यक्ष बुढाले बताए ।

विद्यालय भवन भत्किएपछि आफूहरुलाई भारतबाट आएकालाई व्यवस्थापन गर्न समस्या परेको उनले बताए। विद्यालय भत्काएको बारे सोधपुछ गर्न खोज्दा उनीहरुले आफूलाई ज्यान मार्ने धम्की दिएको समेत वडाध्यक्ष बुढाले बताए ।

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र महाविपत्तीको बेला स्थानीय सरकारको काममा अवरोध पुर्‍याउने र अराजकता देखाउनेमाथि कडा कारबाही हुने बताए।नगर प्रमुख घर्तीले विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जो सुकै भएपनि कारबाही गरिने बताए ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…