अब स्वदेशमा उत्पादन भएका पोषाक र जुत्ता मात्रै सुरक्षाकर्मीले लगाउन पाउने

काठमाडौं। सरकारले सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ। बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।

‘राज्यको सुरक्षामा खतिएका सुरक्षाकर्मीले लगाउन पोषक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने’, अर्थमन्त्री खतिवडाले भने।

सँगै मन्त्री खतिवडाले कोरोना भाइरसको संक्रमण नियन्त्रण भए लगत्तै आवश्यक स्वास्थ्य सुरक्षा कायम गरी सहज सञ्चालमा ल्याइने छ। स्वदेशी उद्योगलाई कर प्रणालीमा प्रोत्साहन गरिने उनको भनाइ छ।
एक प्रेदश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने छ। त्यसका लागि सरकारले एक अर्ब २६ करोड रकम विनियोजन गरेको छ।

प्रधामन्‍त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड, दुई लाखलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट विनियोजन भएको छ। यसबाट थप दुई लाखलाई रोजगारी प्रदान गर्ने अर्थमन्त्री डा युवराज खतिवडाले बताए। ५ अर्बको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बढाएर आउँदो आर्थिक वर्षका लागि ११ अर्ब ६० करोड बनाइएको हो।

मर्यादित काम, सामाजिक सुरक्षा र आर्दश श्रममा प्राथमिकता दिँदै सरकारले रोजगारी बढाउन आकर्षक प्याकेज लिएको खतिवडाले बताए।

कोरोनाबाट रोजगारी गुमाएर स्वदेश फर्केका र यहाँ रोजगारी गुमाएका सबैलाई रोजगारी दिनेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो।

आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका साथ काम र पारिश्रमिकका पाउने गरी कार्यक्रम ल्याइएको हो। यसबाट सार्वजनिक क्षेत्र तथा पूर्वाधार क्षेत्रमा बेरोजगारले काम पाउने छन्।

रोजगारी सिर्जना हुन नसक्ने क्षेत्रमा अन्य काममा लगाउने सरकारको योजना छ। श्रम सूचना बैंकमार्फत बेरोजगारलाई स्थानीय तहबाटै रोजगारी दिने घोषणा गरेको छ। ५० हजारलाई सीपमूलक तालिम दिएर रोजगारीमा लगाउन सरकारले एक अर्ब रकम विनियोजन गरेको छ।

५० हजारलाई सीप सिकाउने सरकारले निजी क्षेत्रलाई अनुदान दिने भएको छ। दुई वर्ष रोजगारी सुनिश्चित गरे ५० प्रतिशत अनुदान दिनका लागि एक अर्ब रकम विनियोजन गरिएको छ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…