कतारमा कोरोना संक्रमितको संख्या ४८ हजार नाघ्यो, १३ हजारभन्दा बढी निको भए

काठमाडौँ ।। खाडीमुलुक कतारमा कोरोना संक्रमितको संख्या ४८ हजार ९ सय ४७ पुगेको छ । बुधबार सम्म १ हजार ७ सय ४०  नयाँ केस थपिएसँगै संक्रमितको संख्या ४८ हजार ९ सय ४७ पुगेको हो।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार भन्दा धेरैको  परीक्षण गरिएको थियो ।

कतारमा उपचारपछि निको हुनेको संख्या १३ हजार २  सय ८३ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले ३५ हजार ६ सय ३४ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये गम्भिर अवस्थामा रहेका २ सय ३  जनाको विशेष उपचार भैरहेको छ ।

कतारमा संक्रमितको संख्या उच्च रहेपनि मृत्युदर भने न्युन छ । हालसम्म कतारमा ३० जनाले मात्रै कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । बुधबार प्रकाशित गरिएको रिपोर्टमा दुई जनाको मृत्यु भएको थियो।

मन्त्रालयले अहिलेसम्म २ लाख १ हजार १  सय ८०  जनामा कोरोनाको परीक्षण गरिएको जनाएको छन् ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । तर, कतारमा सरकारी तथ्याङक भन्दाबढि करिब ४ लाख नेपाली रहेको अनुमान छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन ।

केहीदिन अघि कतारमा ७ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक बाहिर आएको थियो । कतारको सरुवा रोग निवारण विभागको तथ्याङकलाई श्रोत उल्लेख गर्दै ७ हजारको हाराहारीमा नेपाली संक्रमित भएको एनआरएनएले जनाएको थियो ।

गत मे १९ तारिख विभागले निकालेको उक्त तथ्याङ्कमा कुल संक्रमितमध्ये ६ हजार ९ सय ११ जना नेपाली रहेको बताइएको छ । कुल  संक्रमित मध्ये नेपाली समुदाय दोश्रो स्थानमा छन् । यद्यपि यो तथ्याङ्कको आधिकारिक पुष्टी भने हुन सकेको छैन ।

कतारको सम्बिन्धत निकायले आधिकारिक रुपमा पुष्टि नगरेकोले यो तथ्याङक अपुष्ट मानिएको हो । कतारमा संक्रमण बढिरहेकोले पछिल्ला दिनहरुमा संक्रमित नेपालीहरुको संख्या पनि बढेको अनुमान गरिएको छ ।

तर, कतारको सम्बिन्धत निकायले यस विषयमा आफूलाई केही जानकारी नगराएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारका लागि नेपाली राजदूत डाक्टर नारदनाथ भारद्वाजका अनुसार ठ्याक्कै भन्न नसकिए पनि नेपालीहरु संक्रमित भने भएका छन् ।

कतारमा मृत्यु हुनेमा १ जना नेपाली नागरिक समेत रहेका छन् ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…