भारतीय पत्रिकामा अन्तर्वार्ता दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले भारतलाई भने-‘कालापानी छाडेर जाऊ

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतकै अन्तर्राष्ट्रिय स्तरको अखबारलाई दिएको अन्तरवार्तामा भारतीय सेनाले कालापानी छाड्नुपर्ने बताएका छन् ।

भारतको अंग्रेजी दैनिक द हिन्दूलाई दिएको अन्तरवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । द हिन्दूका लागि केल्लोल भट्टाचार्जीले लिएको अन्तरवार्ता द हिन्दूको अनलाइन संस्करणमा बुधबार प्रकाशित गरिएको छ ।

अन्तरवार्ताका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले ऐतिहासिक दस्तावेजका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको प्रमाणित हुने दावी गर्दै यो भूमि नेपाललाई फिर्ता दिएर जान भारतलाई आग्रह गरेका छन् ।

यो पुरानो विवाद भारतले नै बल्झाएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । भारतले नयाँ राजनीतिक नक्सा जारी गरेर यो विषय बल्भलाएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

दुई देशका प्रधानमन्त्रीस्तरबाट सहमति भएर बनेको विदेश सचिवस्तरीय संयन्त्रको बैठकका लागि मिति तोक्न नेपालले गरेको प्रस्तावलाई पनि भारतले बेवास्ता गरेको परराष्ट्रमन्त्री ज्ञवालीले आरोप लगाए ।

भारतले नेपालका राजदूतलाई उच्च तहको भेट दिन अस्वीकार गरिएको विषयमा सोधिएको प्रश्नमा ज्ञवालीले त्यस्तो अवस्था सिर्जना नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो राजदूतको भारतीय अधिकारीसँगको भेटघाटको सन्दर्भमा केही मिडियामा आएको जस्तो परिस्थिति भएको होइन ।’

स्मरणीय छ परराष्ट्रमन्त्री ज्ञवालीको अन्तरवार्ता प्रकाशित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा कुरा गर्न अस्वीकार गरेका छन् ।

नेपालले आफ्नो संविधान संशोधन गर्न लाागेकोबारे सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले संविधान जमिनको आधारभूत कानुन भएकोले संशोधन गर्न लागिएको जवाफ दिएका छन् ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…