किन हट्यो संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचीबाट ? भारतीय मिडियामा छायो खुशियाली

नेपाली कांग्रेसले समय माग गरेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्शा संविधानको अनुसूचीमा समेट्ने गरी संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचिबाट हटाएपछि भारतीय मिडियाहरु यसमा मोदी सरकारको कुटनीतिक जित भएको दावी गर्न थालेका छन्।

नेपाली कांग्रेसले भारतको पहलमा संविधान संसोदनलाई रोक लगाएको भन्दै भारतीय मिडियामा खुशियाली छाएको छ। ‘नक्से विवादमे पिछे हटा नेपाल’ जस्तो भ्रामक शिर्षक राख्दै भारतीय मिडियाहरु प्रचार गरिरहेका छन्।

संविधान संसोदनको संभावित कार्यसूचीमा तय भएको सो प्रस्ताव बुधबारको प्रतिनिधि सभा बैठकमा पेश नै नगरी हटाइएको थियो ।

प्रतिनिधि सभाकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकबाट तय भएकाे संभावित कार्यसूचीमा सार्वजनिक गरेको संविधान संशोधन पेश गर्ने प्रस्ताव बैठकमा भने टेबल नै नगरी कार्यसूचीबाट नै हटाइएको थियो।

सरकारले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि संविधानको अनुसूचीमा रहेको निशान छापमा अंकित नक्शा पनि सोहि अनुसार परिवर्तन गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले त्यसका लागि जेठ ९ गते संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ।

सोहि विषयमा दलहरुबीच सहमति जुटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक राखेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न समय माग गरेका कारण कुनै सहमति नजुटी बैठक सकिएको थियो।

सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दलहरुबीच राष्ट्रिय सहमति कायम गर्नको लागि कार्यसूचिबाट संविधान संशोधन प्रस्ताव हटाइएको बताए।

‘दलहरुले राष्ट्रिय सहमतिको लागि समय माग गरेका छन्,’ न्यौपानेले नेपालखबरसँग भने, ‘सबै दलहरुमा सहमती जुटाउनको लागि आजको बैठकको कार्यसूचिबाट संविधान संशोधन हटाइएको हो।’

दलहरुबीच सहमति जुटेपछि सो प्रस्ताव संसदमा पेश हुने उनले बताए। सरकारले बिहीबार नयाँ बजेट पेश गर्दैछ। त्यसपछि बस्ने बैठकमा सो प्रस्ताव पेश हुने न्यौपानेले बताए।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि नेपालले पनि नक्सा जारी गरेको थियो । संसद र सडकबाट सरकारलाई व्यापक दबाब परेसँगै नेपालले भारतीय राजदूतलाई कूटनीतिक नोट दिनुका साथै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको हो । नयाँ नक्सा जारी भएसँगै निशान छापमा रहेको नक्सा परिवर्तन गर्नका लागि संविधान संशोधन विधेयक संसदमा दर्ता गरिएको छ ।

भर्खरै प्रकाशित

विप्लव समूहले अन्तरिम संयुक्त सरकारका साथै राजावादीसँग पनि छलफल गर्ने…

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी अघि…

कानुनले चिन्ने वैधानिक नेकपा हामी नै हौं : प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गर्नुभएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह)का नेता…

प्रदेश प्रमुख अहिराजको प्रशंसनीय काम, दु’र्घटनाका घा’इतेलाई आफैंले उद्धार गरी…

प्रदेश प्रमुखहरूसँगको भेटघाटका लागि प्रदेश भ्रमणमा निस्किएका प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले सडक दु’र्घटनामा घाइते भएकालाई आफैंले उद्धार गरी अस्पताल पठाएका छन्।…

यसरी आइपुग्यो सुन्दरीजलमा मेलम्चीको पानी

२२ फागुन, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन…

मेलम्चीको पानी ल्याउँदा–ल्याउँदै ओलीको भने, ‘यी लड्डु यस्तो बेलामा खानुपर्छ’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाण्डौमा ल्याउने काम नेपालका लागि नयाँ सिकाइ र महत्वपूर्ण काम भएको बताउनुभएको छ । मेलम्ची खोलाको पानी…