दाङमा १५ जनामा कोरोना संक्रमण पुष्टि

दाङमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमही नगरपालिकामा १ महिलासहित ८ र घोराही उपमहानगरपालिकामा ७ जना पुरुषको स्वाव रिपोर्ट पोजेटिभ देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार लमही नगरपालिका– १ का २६ वर्षीय पुरुष, २ का १७ र ३० वर्षीय पुरुष, वडा नं. ४ का २६ वर्षीय पुरुष, वडा नं. ५ का २०, २० र २३ वर्षीय १ महिला दुइ पुरुष र वडा नं. ६ का १८ वर्षीय १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनीहरु भारतको उत्तरप्रदेश, हैदरावाद, राजस्थान, पञ्जाव, दिल्ली, दार्जिलिङबाट जेठ ९ र १० गते लमही आएका थिए । उनीहरुल सवैलाई सिधै नेत्रलाल स्मृति प्रतिष्ठानस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

यसैवीच घोराही उपमहाननगरपालिकाका ७ जनमध्ये घोराही उपमनपा– १८ का २४, २५,४० र ४२ वर्षका चार पुरुष र घोराही उपमनपा १० का ३४, ४० र ४० वर्षका तीनजना पुरुष रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

उनीहरुमध्ये घोराहीको गिठेपानी क्वारेन्टाइनका ३, वेलघारी क्वारेन्टाइनका १ जना र नारायणपुर सिद्धरत्ननाथ विद्यालयमा रहेको क्वारेन्टाइनका ३ जना पुरुष छन ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…