सेना परिचालनका लागि स्वीकृति माग

सुर्खेत : कर्णाली प्रदेश सरकारले नेपाली सेना परिचालनका लागि नेपाल सरकारसँग स्वीकृति मागेको छ । कोरोना महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्वार र क्वारेन्टाइन व्यवस्थापनका लागि नेपाली सेना परिचालनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । उनले नेपाली समेत परिचालन गर्नुपर्ने स्थितिमा सोको स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

यस्ता छन् मन्त्रीपरिषद्ले गरेका ७ निर्णय :

१- कर्णाली प्रदेश भित्र संवत् २०७7 सालमा निम्न दिनहरुमा सार्वजनिक विदा दिने र सो को सूचना राजपत्रमा प्रकाशन गर्ने ।

कर्णालीमा ८ दिन सार्वजनिक विदा

२- पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेश विनियोजन ऐ, २०७६ दफा ९ बमोजिम बजेट कार्यान्वयन सहजताको लागि आदेश जारी गर्ने।

३- कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ का सिद्धान्त, उदेश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने।

४- कर्णाली प्रदेशमा व्यापार-व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने।

५- प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने।

६- विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को कारणबाट रोजगारी गुमाएका र महामारीबाट त्रसित भइ भारतबाट ठूलो संख्यामा नेपाली नागरिकहरु स्वदेश फर्किने क्रम जारी रहेको र यसबाट प्रदेशमा महामारी झन् फैलिन थालेको तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षासम्बन्धी अन्य कार्यहरुमा समेत खटिनु पर्ने हुँदा महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्धार तथा क्वारेण्टाइन व्यवस्थापनमा समस्या हुने देखिएकोले यस कार्यका लागि नेपाली सेना समेत परिचालन गर्नुपर्ने स्थितिमा सोको स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…