नेपालसंगको सीमा विवादबारे राहुल गान्धी बोले, मोदी सरकारलाइ लगाए यस्तो घम्भिर आरोप

नयाँदिल्ली — भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष तथा नेता राहुल गान्धीले नेपाल र भारतबीच पछिल्लो समय देखिएको सीमा विवादबारे नरेन्द्र मोदी सरकारले पारदर्शी ढंगले जानकारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

कांग्रेसले मंगलबार मध्याह्न आयोजना गरेको डिजिटल पत्रकार सम्मेलनमा उनले नेपाल र चीनसँग सीमा विवाद किन भइरहेको छ भन्ने प्रस्ट जानकारी आफूहरुलाई नभएको बताए । ‘जबसम्म हामीलाई जानकारी गराइँदैन तबसम्म विवादबारे प्रस्ट बोल्न सकिँदैन,’ उनले भने ।

गान्धी दुई वर्षअघि नेपालको बाटो हुँदै मानसरोवरको यात्रामा गएका थिए । त्यस क्रममा उनी केही दिन काठमाडौं पनि बसेका थिए । काठमाडौं बसाइका बेला उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याक उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनावपूर्ण स्थिति बनेको सन्दर्भमा गान्धीबाट पछिल्लो धारणा आएको हो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्समार्फत पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर लामो उक्त सडकको उद्घाटन गरेका थिए ।

सडकको १९ किलोमिटर खण्ड आफ्नो भूमिमा भएपछि नेपालले विरोधस्वरूप भारतलाई ‘प्रोटेस्ट नोट’ समेत पठाइसकेको छ । भारतको उक्त कदमलाई लिएर नेपालमा चर्को विरोध भइरहेका बेला भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले ‘अरू कसैको इसारामा’ पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको अभिव्यक्ति दिएका थिए ।

नयाँदिल्लीस्थित सुरक्षा तथा रणनीतिक मामिलाको थिंक–ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले गरेको वेबनारमा नेपालले गरिरहेको विरोधमा चीनको हात रहेको तर्फ संकेत गर्दै उनले त्यस्तो धारणा राखेका थिए ।

विवादकै बीच नेपालले सन् १८१६ को सुगौली सन्धिलगायत अन्य ऐतिहासिक तथ्य र प्रमाणलाई आधार बनाएर नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म समावेश गर्दै नयाँ नक्सासमेत जारी गरिसकेको छ ।

नेपाल र भारतबीच सीमा विवाद उर्त्कषमा पुगे पनि भारतका कांग्रेसलगायतका विपक्षी दलहरुले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । कांग्रेसका प्रवक्ता अशोक सिंघ्वीले अघिल्लो साता व्यक्तिगत रूपमा ट्वीट गर्दै नेपालजस्तो दशकौं पुरानो घनिष्ट मित्रसँग पनि भारतको निकै ठूलो दूरी बढेकामा सरकारले जवाफ दिनुपर्ने माग गरेका थिए ।

भारतको नेपालसँगको सम्बन्धमा चिसोपन कायम रहेका बेला चीनसँगको सम्बन्धमा पनि तनावपूर्ण बनेको छ । लद्दाख र सिक्किमको सीमावर्ती क्षेत्रमा सीमालाई लिएर यी दुई छिमेकीबीच केही दिनयता तनाव बढेको हो । कान्तिपुरबाट 

भर्खरै प्रकाशित

संक्रमण बढेपछि पशुपतिनाथमा भक्तजनलाई प्रवेश निषेध

काठमाडौं: कोरोना संक्रमणको दोस्रो चरण फैलिन थालेपछि पशुपति क्षेत्र विकास कोषले वैशाख १० गतेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई प्रवेश निषेध गर्ने भएको छ । अर्को व्यवस्था…

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…