एक वर्षमा सरकारी ऋण डेढ खर्ब रुपैयाँ बढ्यो, प्रतिव्यक्ति सार्वजनिक ऋण ३९ हजार पुग्यो

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाद्वारा मंगलबार संसदमा प्रस्तुत गरिएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत फागुनसम्ममा यस्तो ऋण ९ खर्ब ७८ अर्ब ४४ करोड रुपैयाँ थियो । असारसम्ममा १० खर्ब ४७ अर्ब ९० करोड हुँदै हाल आएर ११ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको अर्थमन्त्री खतिवडाले बताए ।

यस आधारमा हालको २ करोड ९२ लाख जनसंख्यामा भाग लगाउने हो भने प्रतिव्यक्ति सार्वजनिक ऋण ३९ हजार ३३ रुपैयाँ पुगेको छ । गत वर्षको फागुनसम्ममा सार्वजनिक प्रतिव्यक्ति ऋण ३६ हजार थियो । आम सर्वसाधारणले तिरेको करबाट ऋणको साँवा व्याज भुक्तानी गर्नुपर्ने हुँदा सार्वजनिक ऋण प्रति नागरिकसँग तुलना गरेर हेरिन्छ ।

‘नेपालको अर्थतन्त्र सबल हुँदै जानु, प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन तथा ऋण पुन भुक्तानीको क्षमतामा वृद्धि हुँदै जानु र भूकम्पपछिको पुननिर्माणको कार्य सम्पन्न हुँदै जादा विकास सहायतामा अनुदानको हिस्सा घट्दै गई ऋणको हिस्सा बढेको हो,’ सर्वेक्षणमा भनिएको छ, ‘आन्तरिक र बाह्य ऋणको अनुपात ३८.६ प्रतिशत र ६१.४ प्रतिशत रहेको छ ।’ गत वर्ष ३९.२ प्रतिशत र ६०.८ प्रतिशत रहेको थियो ।

फागुनसम्म आन्तरिक ऋण परिचालन न्यून परिचालन भएको र यस अवधिमा तिर्न बाँकी कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको अनुपात घटेको जनाएको छ । साथै यस वर्षको फागुनसम्ममा ११ अर्ब ९२ करोड साँवा र २ अर्ब ५० करोड व्याज भुक्तानी गरेको समेत सर्वेक्षणमा जनाइएको छ ।

सर्वेक्षण अनुसार प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन प्रचलित मुल्यमा गत वर्षको तुलनामा ७.५ प्रतिशतले वृद्धि हुनेछ । ‘बढेर १ लाख २६ हजार १८ रुपैयाँ अथवा अहिलेको विनिमय दर अनुसार १०८५ डलर पुग्ने अनुमान छ,’ सर्वेक्षण पेश गर्दै अर्थमन्त्री खतिवडाले भने । २०७६-७७ को फागुनसम्मको आर्थिक क्रियाकलापमा तिव्रता पाए पनि कोभिड–१९ महाहारीका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन गई त्यसको असर नेपालको अर्थतन्त्रमा पर्न गएकोले अर्थमन्त्री खतिवडाले बताएका छन् ।

यसकारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । ‘२०७७ फागुनसम्म अर्थतन्त्रका परिसुचकहरू सन्तोषजक देखिएका छन्,’ फागुसम्मको तथ्यांकका आधारमा पेश भएको सर्वेक्षणमा भनिएको छ । सर्वेक्षण अनुसार तीव्र सहरीकरण र गाउँपालिकाहरू जोड्ने नयाँ नगरपालिकाहरूको घोषणा भएका कारण नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ६२.२ प्रतिशत पुगेको छ । ९० प्रतिशत जनसंख्या विद्युतको पहुँच पुगेको छ ।

कालोपत्रे सडक १५ हजार २ सय ५४ किलोमिटर, खण्डास्मित सडक ९ हजार २ सय ५१ कलोमिटर र कच्ची सडक ९ हजार ८ सय ४२ किलोमिटर गरी ३४ हजार ३ सय ४७ किलोमिटर निर्माण भएको सर्वेक्षणमा उल्लेख छ । धान बालीको क्षेत्रफल २.२ प्रतिशतले घटेको छ । उत्पादन १.०५ प्रतिशतले घटेको जनाएको छ । उत्पादकत्व भने वृद्धि भएको जनाएको छ ।

साथै उद्योग विभागबाट हुने लगानी प्रतिवद्धता १६५.४ प्रतिशतले वृद्धि भई २९ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । लगानी बोर्डबाट १ खर्ब ५५ अर्ब स्वीकृत भएको जनाएको छ ।

गरिबी १६.६७

पछिल्ला वर्षहरूमा मुलुकमा उच्च आर्थिक वृद्धिदर हासिल हुनुका साथै नागरिकलाई काम र रोजगारीमा आवद्ध गर्ने नीति, प्रभावकारी सामाजिक सुरक्षा र संरक्षण कार्यक्रम, सहुलियतपूर्ण कर्जा, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आयले गरिबी र बेरोजगारी न्यूनीकरण हुँदै गएको जनाएको छ ।

योजना आयोगका अनुसार यस वर्ष १६.६७ प्रतिशत जनसंख्या गरिबको रेखामुनि हुने अनुमान सर्वेक्षणमा छ । ‘पछिल्ला महिनाहरूमा भने कोभिड–१९ प्रकोपका कारण गरिबी र बेरोजगारीमा चाप परेको अनुमान छ,’ सर्वेक्षणमा भनिएको छ । अघिल्लो वर्ष १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुखि रहेको थियो ।

भर्खरै प्रकाशित

जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपा सुनारले प्रहरीमा दिइन्…

तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका–…

युरोपको एउटा ‘फुच्चे’ देश कसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड…

उत्तर कोरियामा लाग्दैछ भोकमरी, प्रतिकेजी केराको मूल्य ४५ डलर

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम जोङ उनका विभिन्न तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। किमले अन्तर्राष्ट्रिय राजनीतिमा केही असर पर्ने काम गरेकाले उनका तस्बिर…

प्रहरीले छानविन गर्न थालेपछि माफी मागिन् ज्वाला सङ्ग्रौला

ट्राफिक प्रहरीले लाइसेन्स माग्दा रंगभेदी दुर्व्यवहार गर्ने ज्वाला सङ्ग्रौला र उनको समूहविरुद्ध मु’द्दा चलाउन प्रहरीले छानविन अघि बढाएको छ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने…

‘एक्स ९’मा सुनिल सेट्टीलाई अफर, अनमोलसँग होला पर्दा शेयर ?

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको तेश्रो चलचित्र ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ…