कोरोनाविरुद्ध लड्न भारतले नेपाललाई दिएको औषधि प्राणघातकः अध्ययन

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न नेपाललाई प्रदान गरेको औषधि प्राणघातक सावित भएको एक अध्ययनले देखाएको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गत बैशाख १० गते स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २३ टन औषधी हस्तान्तरण गरेका थिए ।

भारतले प्रदान गरेको अत्यावश्यक औषधिमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज रहेको रहेको थियो। नेपाललाई १० लाख यही ट्यावलेट सहयोग स्वरुप भारतले उपलब्ध गराएको थियो ।

तर, द ल्यान्सेन्ट जर्नलमा प्रकाशित हाइड्रोक्लोरोक्विन अथाव क्लोरोक्वनको कोभिड-१९ का संक्रमितहरुको उपचारमा भएको प्रयोगलाई विश्लेषण गरिएको अध्ययनले यस औषधिको सेवनले मृत्यदर बढाएको देखाएको छ।

प्रमाणविना नै कोभिड-१९ संक्रमितको उपचारमा औषधीको प्रयोग गरिएको भन्दै कोभिड-१९ को संक्रमितमाथि गलत ढंगले मूल्यांकन गरी यसको प्रयोग गरिएको दाबी अध्ययनले गरेको छ।

अध्ययनकाे दाबी हेर्न यहाँ क्लिक गर्नुहाेस

अमेरिकी अनुसन्धानले पनि उक्त औषधी काम नलाग्ने देखाएको छ। अमेरिकाको भेट्रान एड्मिनिस्ट्रेसन हस्पिटलहरुमा हाइड्रोकलोरोक्विनले उपचार गरिएका विरामीहरुमा उच्च मृत्यदर रहेको देखाएको थियो।

अध्ययनले औषधिहरुको प्रयोग नगरिकनै विशेष हेरचाह गरिएका विरामीहरुको तुलनामा ती औषधि प्रयोग गरिएका विरामीहरुलाई काम नलाग्ने देखाएको थियो।

पुरा हेर्न यहाँ क्लिक गर्नुहाेस

हाइड्रोक्लोरिक्विन उत्पादक मध्येको ठूलो देश भारत यसको निर्यातमासमेत रोक लगाए पनि छि नेपाललाई १० लाख ट्यावलेट दिएको हो। भारतले अमेरिकालाई पनि ३५ लाख ८२ हजार ट्यावेलट सहयोग दिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोअक्सिक्लोरोक्विनको बारेमा प्रसंशा गरेपछि विश्वभर यसको चर्चा भएको थियो। तर ,ह्वाइट हाउसकै कोरोना विशेषज्ञसमेत डाक्टर एन्टोनी फाउसीले पटकपटक यसको विरोध गर्दै प्रयोगका लागि कुनै तथ्य तथा प्रमाणहरु नभएको दाबी गर्दै आएका छन्।

अनुसन्धानमा वताइए अनुसार यी औषधीका हरेक प्रकार अस्पतालमा सर्भाइभललाई घटाउन र कोभिड-१९ का संक्रमितको उपचारमा भेन्ट्रिकुलर एरिथमियासको मात्रा बढ्नुसँग जोडिएका छन्। त्यसकारण यो ‍औषधि उपयोगीभन्दा प्राणघातक सावित भएको अनुसन्धानले देखाएको छ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…