होटललाई क्वारेन्टिन : एक व्यक्तिकाे कम्तीमा दैनिक २५ सय शुल्क लाग्ने

काठमाडौं । पर्यटकस्तरीय तथा तारे होटल सञ्चालकहरुको संस्था होटल संघ नेपालले होटललाई क्वारेन्टिन बनाउन सकिने भन्दै सरकारलाई विवरण बुझाएको छ।

होटलहरुलाई आवश्यताअनुसार क्वारेन्टिनको रुपमा प्रयोग गर्नेबारे होटल संघ नेपालको प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशकलाई क्वारेन्टिनमा राखिँदाको शुल्कसहितको विस्तृत विवरण बुझाएको हाे।

विदेशमा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराई होटलहरुलाई क्वारेन्टिनको रुपमा उपयोग गर्ने निर्णय सरकारले गरेमा संघसँग आवद्ध सदस्य होटलहरुबाट आवश्यक सहयाेग गर्ने संघले जनाएको छ।

काेराेना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई समेत आवश्यकताअनुसार व्यवस्थापन गर्न सकिनेगरी क्वारेन्टिन तयार गर्नेबारे पनि सो विवरणपत्रमा उल्लेख गरिएको छ।

खासगरी क्वारेन्टिनको रुपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेकइन पूर्व नै काेराेना जाँच गरी संक्रमण नभएको एकीन प्रमाण हुनुपर्ने र प्रत्येक दिन पटक पटक स्वास्थ्य जाँच हुने व्यवस्था गर्नुपर्ने संघकाे सुझाव छ।

होटल संचालनका क्रममा अनिवार्य शर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरुमा कुनै क्षति हुन नहुने, कामदार, कर्मचारी तथा छिमेकका स्थानीय समुदायलाई समेत संक्रमणबाट बचाउन खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल संचालन हुनुपर्ने संघकाे सुझाव छ।

संघले सरकारलाई बुझाएको विवरणमा पर्यटकस्तरीय होटलमा प्रतिव्यक्ति दिनको ३ हजार शुल्क लाग्ने, एउटै कोठमा २ जना बसेमा प्रतिव्यक्ति २५ सय रुपैयाँ लाग्ने उल्लेख गरिएको छ।

त्यस्तै डिलक्स पाँचतारे होटलमा भने प्रतिकोठा दिनको १६ हजार रुपैयाँ शुल्क लाग्ने छ।

यो शुल्कमा चार छाक खाना, सबैखाले आधारभूत सेवा सुविधा उपलब्ध हुने संघले बताएको छ।

संघमा सातै प्रदेशमा रहेका १५ क्षेत्रीय संघहरु अन्तर्गत ३ हजार ५ सय होटलहरु सदस्य रहेका छन्।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…