भारतले देखायो घिनलाग्दो हर्कत : नेपालबाट पाम तेल र चियाका आयात रोक्यो

काठमाडौं । भारतले नेपालबाट निकासी हुने पाम तेलमा औपचारिक प्रतिबन्ध लगाएको केही समयपछि उस्तै प्रकारको प्रतिबन्ध चियामा पनि लगाएको समाचार बाहिरिएको छ । यसले नेपालका चिया किसान र व्यवसायीहरु पीडित भन्ने अवस्था आएको छ भने कोरोनाले प्रभावित अर्थतन्त्रमा झन समस्या थपिने संकेत गरेको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी) ले वैशाख २९ गते एक सूचना जारी गर्दै नेपाल र बंगलादेशबाट साफ्टा सुबिधा अन्तरगत निकासी हुने प्रशोधित पाम तेलमा रोक लगाइएको घोषणा गरेको थियो । अब चिया निकासीमा पनि अघोषित प्रतिबन्ध लगाइएको व्यवसायीहरुले बताएका छन् ।

भारतीय बजारमा प्रशोधित पाम तेल प्रशस्त मात्रामा रहेकाले आयात रोक्नु परेको तर्क दिएर भारतले प्रतिबन्धको सूचना जारी गरेको थियो । यद्यपि प्रतिबन्ध नेपाललाई मात्रै नभएर बंगलादेशका लागि पनि थियो ।

पाम र चिया दुबै नेपालबाट निर्यात हुने प्रमुख वस्तु हुन् ।पछिल्लो वर्ष नेपालमा आयात केही घटेर निर्यात बढ्दै गर्दाको अवस्थामा भारतले पाम तेल निकासीमा दुई पटक प्रतिवन्ध लगाइसकेको छ । यसैबेला चिया पनि रोकिएपछि बजेट बनाउँदै गरेको सरकारलाई निर्यात बढाउन अर्को चुनौती खडा हुने देखिएको छ ।

पाम तेलको व्यापार

डीजीएएफटीको सूचनाअनुसार गत माघ २४ पछि भारतमा पाम तेल पैठारीका लागि जारी गरिएका ३९ वटा लाइसेन्स र लाइसेन्सका लागि परेका २३ वटा निवेदन खारेज गरिएको हो ।

भारतकै डीजीएएफटीको तथ्यंकअनुसार नेपालबाट भारतीय आर्थिक वर्ष सन् २०१८/१९ मा १ लाख ८९ हजार ७८ टन पाम तेल निर्यात भएको थियो । यस्तै आर्थिक वर्ष २०१९/२० मा पैठारी हिस्सा अघिल्लो वर्ष भन्दा ३ सय १४ प्रतिशतले बढेको छ ।

यसअघि भारतले पुस २२ गते नेपालमा हुने प्रशोधित पाम तेलको निर्यात रोक्ने निर्णय गरेको थियो तर एक महिनामै पुनः पैठारी खुल्ला गरेको थियो ।

भारतले प्रशोधित पाम आयलको आयात रोक्दा एक अर्बौं रुपैयाँ बराबरको लगानी जोखिममा परेको मोरङका पामतेल निर्यातकर्ता प्रकाश मुंडाले बताए ।

‘भारतले पछिल्लो पटक निकासी खुल्ला गरेपछि उद्योगहरूले कच्चा पदार्थको आयात बढाएका थियौं, तर एक्कासी पुनः प्रतिबन्ध लाग्यो,’मुंडाले अनलाइनखबरसँग भने ।

उद्योगमा पनि कच्चा पदार्थ भरिएको र आयातको चरणमा पनि कच्चा पदार्थ रहेको उनको भनाइ छ । नेपालमा इन्डोनेसिया र मलेसियाबाट पामको कच्चा तेल भित्रिन्छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल १५ अर्ब ३५ करोड रुपैयाँको पाम तेल नेपालबाट भारततर्फ निर्यात भएको थियो ।

चियामा प्रतिबन्ध

नेपालमा उत्पादित चियाको मूख्य बजार भारत हो । तर यसवर्षको चियाको सिजनमा भारतमा निकासीका लागि अघोषित प्रतबन्ध लगाइएको व्यवसायी उदय चापागाइँले बताए ।

‘भारतीय पक्षले कुनै स्पष्ट कारण दिएको छैन, तर भन्सारबाट चिया पास हुँदैन,’ उनले भने । सरकारी कुनै आधिकारिक निर्देशन र पत्र छन् की भनेर बुझ्दा कुनै जानकारी नपाएको उनको भनाइ छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाअनुसार सन् २०१८ र १९ मा नेपालबाट भारतमा तीन अर्ब ४७ करोड १४ लाख रुपैयाँ बराबरको एक करोड ७६ लाख किलो चिया निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ बराबरको ७४ लाख ६६ हजार किलो चिया भारत निर्यात भइसकेको भन्सार विभागले जनाएको छ ।

‘सीमा विवादमा नजोडौं’

नेपाल भारत सीमा विवाद चर्किरहेका बेला पाम र चियाको व्यापारमा अवरोध आएपछि धेरैले यसलाई शंकाका दृष्टिले हेरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतसँगको यो खालको समस्या पुरानो भएको बताएकाु छ ।

अनलाइनखबरसँग कुरा गर्दै उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगढले सीमा विवाद अघिनै पाम र चियाको व्यापारमा केही असमझदारी देखिएको र हल गर्ने प्रयास निकै अघि बढिसकेको प्रष्ट्याए ।

‘केही मिडियामा सीमाका विवादका विषयसँग पाम तथा चियाको अवरोधलाई जोडिएको पाएँ, यो गलत हो,’ राज्यमन्त्री दुगडले भने ।

समस्या समाधानका लागि सचिव स्तरमा छलफल भइरहेको र नसल्टिए मन्त्री तहमा छलफल हुने उनले बताए ।

पाम र चियाको निकासी अवरोध सीमा विवादसँग नजोडिएको भन्दै समस्या समाधानका लागि छलफल जारी रहेको वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले बताए ।

यसका लागि परराष्ट्र मन्त्रालय हुँदै पत्राचार भइसकेको तर, भारतीय पक्षबाट जवाफ भने नआएको उनको भनाइ छ ।

भर्खरै प्रकाशित

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने…

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : “तिमी भन्दा शक्तिशाली जनता…

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा…

केपी ओलीले नै सरकारको नेतृत्व गरिरहनुहुन्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री…

देउवालाई भेट्न पुगे नेपालका लागि चीन र भारतका राजदूत

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्। बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ…

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा…

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई…