सम्झौता विपरित भारतले लगायो नेपाली चियामा प्रतिबन्ध

काठमाडौं। दुई पक्षीय सम्झौता विपरित भारतले नेपाली चियामा प्रतिबन्ध लगाएको छ। लकडाउनको समयमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट हुने समझदारी भए पनि भारतले नेपालमा उत्पादिन चियामा रोक लगाएको हो। यस सम्बन्धमा पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्रमन्त्रालयलाई पत्र काटेको छ ।

‘नेपालबाट विगतदेखि भारततर्फ निकासी हुँदै आएको नेपालमा उत्पादिन चिया कोभिड–१९ को कारण दुवै देशमा बन्दाबन्दी गरिएको वर्तमान अवस्थामा विभिन्न वाहना देखाई भारतीय भन्सारमा रोकिएको हुँदा समस्या उत्पन्न भएको भनी राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आवश्यक सहजीकरणको लागि अनुरोध भइ आएको छ’, पत्रमा भनिएको छ, ‘बन्दाबन्दीको विषम परिस्थितिमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुहरुको आयात निर्यातमा कुनै रोकावट नहुने समझदारी अनुरुप भारतबाट नेपालतर्फ भारतीय वस्तुहरु नियमित आयामत भइरहेको तर नेपालमा उत्पादिन चियाको हकमा भारततर्फको निकासीमा समस्या देखिएको बुझिन आएकोले नेपालमा उत्पादित चियाको भारतमा हुँदै आएको निकासीमा देखिएको अवरोध हटाउने व्यवस्थाका लागि त्यहाँमार्फत् भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गरिदिने व्यवस्थाका लागि नेपाल सरकार (सचिवस्तर)को मिति २०७७/२/१ को निर्णयअनुसार अनुरोध छ।’

भर्खरै प्रकाशित

अंकमाल गर्दै विदा भए एमाले-माओवादी

धरान । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई एथावतको फैसला सुनाएपछि सुनसरीका विभिन्न स्थानमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलबार नेकपाको…

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…

केपी ओली एकदमै गन्हाउने कुहिएको अण्डा, त्यसलाई गाडिन्छ या जलाइन्छ…

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको…

दुई दशकपछि मेलम्चीको पानी काठमाडौं झर्यो

काठमाडौँ, २२ फागुन । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची…