कतारमा झण्डै सात हजार नेपाली कोरोना सङ्क्रमित

काठमाण्डौ – कतारमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या झण्डै सात हजार पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्ममा कतारमा ६ हजार ९ सय ११ जना नेपाली सङ्क्रमित भएका हुन् ।

अघिल्लो हप्ता २५ सय नेपाली सङ्क्रमित भएकोमा यो हप्ता मात्रै थप ४४ सय ११ जनालाई कोरोना सङ्क्रमण देखिएको एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक छ ।

स्वास्थ्य समितिका संयोजक डा . सञ्जीव सापकोटाका अनुसार नेपालीका मुख्य श्रम गन्तव्य अर्को देश यूएई ५ सय नेपाली सङ्क्रमित भएका छन् । यस्तै अहिलेसम्म साउदीमा १३ सय ६४, बहराइनमा ३३१, कुवेतमा ८४, मलेसियामा ५५ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ ।

यस्तै समितिका संयोजक डा. सापकोटाका अनुसार यो सातामात्रै यूएईमा थप ९ जनासहित कोरोनाको कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या १८ पुगेको छ ।

यस्तै साउदीमा यो साता पाँच जनासहित अहिलेसम्म ७ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको स्वास्थ्य समितिले जनाएको छ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…