ज्याला नपाएको भन्दै कतारमा आप्रबासी श्रमिकहरु आन्दोलनमा उत्रिए

कतार।  विरलै विरोधका आन्दोलनहरू हुने खाडी मुलुक कतारको राजधानी दोहास्थित एक जिल्लामा आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध गरेका यहाँको सरकारी श्रोतले शनिबार बताएको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीरमा करिब १०० भन्दा बढी व्यक्तिहरू राजधानी दोहाको महेरेब जिल्लामा मुख्य सडक अवरुद्ध गर्दै ताली बजाउँदै ज्याला पाउनुपर्ने मागसहित शुक्रबार विरोधमा सडकमा उत्रिएको देखाइएको छ भने प्रहरीहरूले उनीहरूलाई हेरिरहेको देखिएको छ ।

आफूहरूले पकाएको तलब दिन ढिलो र आनाकानी गरेको भन्दै केही प्रवासी कामदारले मे २२ मा मशिरेब क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका श्रम मन्त्रालयले शनिबार जारी एक विज्ञप्तिमा पुष्टि गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयले समस्याबारे तत्काल समस्याबारे छलफल गरेको र आउँदो दिनमा सबै तलब तुरुन्त भुक्तान हुने सुनिश्चित गर्न कदम चालेको छ ।”

कोरोनाभाइरसको महामारीका कारण कतिपय उद्योग तथा कलकारखाना तथा व्यवसायिक काम रोकिएको र कामदारलाई तलब दिनमा कठिनाई परेको भन्दै श्रमिकको पाउनुपर्ने ज्याला दिन ढिलाई गरेको हुनसक्ने मन्त्रालयले बताएको छ ।

तलब भुक्तान नगरेका कम्पनीहरूबिरूद्ध कानुनी कारबाही गर्न निर्देशन जारी गरिसकिएको मन्त्रालयले जानकारी गराएको छ ।

पेट्रोलियम पदार्थ तथा प्राकृतिक इन्धनका लागि समृद्ध खाडीमा लाखौं विदेशीहरू प्रायः भारत, पाकिस्तान, नेपाल र श्रीलंकाबाट श्रमका लागि अत्यधिक श्रमिक आउने गरेका छन् ।

उनीहरूमध्ये धेरै यस इलाकाका रमाईला गगनचुम्बी भवनहरू र मलहरूदेखि टाढा रहेका शिविरहरूमा बसी शहरमा काम गर्ने र श्रम र पसिनाबापतको पैसाले स्वदेशमा आफ्ना परिवारको खर्चमा सहयोग गर्ने गर्दछन् ।

सन् २०२२ को विश्वकप अगाडि देशले दर्जनौं ठूला आयोजनाहरू पूरा गरिसक्ने उद्देश्यका साथ कतारले देशको जनसङ्ख्याको झन्डै ९० प्रतिशत प्रवासी कामदारलाई भित्राएको छ भने अधिकांश आयोजनाहरू अन्तिम चरणमा रहेका छन् ।

तर कोरोनाभाइरस र यसको विनाशकारी आर्थिक प्रभावले धेरै कामदारहरूलाई प्रभावित पारेको छ र अरूलाई बेरोजगार, ज्यालाहीन र कहिलेकाहिँ बेइमान रोजगारदाताहरूको दयामा रहनुपर्ने बाध्यता रहेको छ । फाइल तस्विर : गुगल 

भर्खरै प्रकाशित

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…