कतार सरकारद्वारा ५ हजार नेपाली कामदारलाई खाद्यान्‍न उपलब्ध, दूतावासमा भण्डारण

काठमाडौँ। कतार सरकारले खाद्यान्‍न संकट भएका ५ हजार नेपाली कामदारलाई पुग्ने खाद्यान्‍न उपलब्ध गराएको छ । यो खाद्यान्नलाई दोहास्थित नेपाली दूतावासमा भण्डार गरिएको छ ।

कतारको आन्तरिक मन्त्रालयले कतार च्यारिटीमार्फत नेपाली समुदायलाई उपलब्ध गराएको हो । खाद्यान्‍न अभाव भई नेपाली दूतावास र नेपाली संघसंस्थामा सम्पर्कमा आउने कामदारलाई वितरण गरिनेछ ।

नेपाली दूतावासले खाद्यान्‍न अभाव भएका कामदारलाई एकद्धार प्रणालीअनुसार वितरण गर्न गैरआवासीय नेपाली संघ, कतारको संयोजनमा टोली गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष उत्तम गुरुङको नेतृत्वमा राहत वितरण भइरहेको छ ।

संघका अध्यक्ष मुक्तदा आलामले खाद्यान्न अभावले कोही पनि भोकै पर्नुपर्ने अवस्था नरहेको बताए । एक जनालाई एक काटुनको दरले राहत वितरण गरिनेछ । एउटा काटुनमा दुई किलो चामल, आधा किलो दाल, चिनी, पिठो लगायत रहेको आईसीसी सदस्य रमेश भट्टले बताए ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…