जेएनयुबाट नेपालमा कम्युनिस्ट पठाएर ‘हिन्दु राज्य’ ध्वस्त पार्नुको सजाय भारतले भोग्नुपरिरहेछ : बक्सी

काठमाडौं । भारतीय सेनाका पूर्व जर्नेल गगन दिप बक्सीको एउटा अभिव्यक्ति भारतमा मात्र नभई नेपालमा समेत चर्चा बनेको छ । नेपाल र भारतबीच सिमा विवाद उत्कर्षमा पुगिरहँदा पूर्व जनरल बक्सीले नेपालमा हिन्दु राष्ट्र ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु नेपाल मामलामा इतिहासकै ठुलो गल्ती भएको तर्क गरेका छन् ।

‘हिन्दु राज्य ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु हाम्रो ठुलो गल्ती थियो,’ एबीपी न्युजको अन्तवार्तामा जनरल बक्सीले भने, ‘माओवादीलाई समर्थन गर्दा सेल्फ गोल थियो ।’ कम्युनिस्टहरुले नै नेपालमा चीनलाई ल्याएर भारतलाई चुनौती दिएको उनको भनाई थियो । उनले भने, ‘म सिधा भन्छु कि यो भारतले गरेको आफैमाथिको गोल थियो । अब मिल्यो नि फल !’

प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालयबाट वामपन्थी पठाई पठाई माओवादीलाई स्थापित गरिदिएको सजाय भारतले भोगिरहेको तर्क गरे । उनले भने, ‘हामी छत्तीसगढमा माओवादीसँग लडिरहँदा कँग्रेस आईको पालामा नेपालमा जेएनयुबाट कम्युनिष्ट पठाउने गल्ती भयो ।’

नेपाली राजनीतिमा स्थापितमध्ये कम्युनिस्ट नेताहरु जेएनयुमा अध्ययन गरेर फर्किएका हुन् । पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई जेएनयुमा अध्ययन गरेका थिए । जेएनयुमा तत्कालिन माओवादी नेताहरुको बाक्लो ओहोरदोहोर हुन्थ्यो ।

त्यहाँको पुस्तकालयमा काम गर्ने बामदेव क्षेत्री माओवादी जनयुद्धकालमा पक्राउ परेका थिए । विगतको यस्तो इतिहास रहेको अवस्थाबीच बक्सीको भनाई अर्थपूर्ण छ । त्यसमाथि उनी भारतीय रक्षामन्त्री राजनाथ सिंहका निकट मानिन्छन् ।

विश्वको एकमात्र हिन्दु राष्ट्र नेपालसँग भारतको रोटीबेटीको मात्र नभई रगतको सम्बन्ध रहेकाले कुनै हालतमा युद्ध हुननसक्ने स्पष्ट पारे । उनले भने, हाम्रो नेपालसँग रगतको सम्बन्ध भएकाले युद्ध असम्भव छ । नेपालका गोर्खा सिपाहीले भारतका लागि रगत बगाउँदै आएको स्मरण गराउँदै विगतका गल्ती सच्याउनुपर्ने बताए ।

उनले बारम्बार विश्वको एकमात्र हिन्दु राष्ट्रको अवस्थाको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले पटक पटक चीनलाई कम्युनिस्टले नेपालमा ठाउँ दिएको बताए । चीनले नेपालमा अरबौं खर्च गरिरहेको समेत उनले आरोप लगाए । साभार श्राेतः रिपोर्टर्स नेपाल।

भर्खरै प्रकाशित

संक्रमण बढेपछि पशुपतिनाथमा भक्तजनलाई प्रवेश निषेध

काठमाडौं: कोरोना संक्रमणको दोस्रो चरण फैलिन थालेपछि पशुपति क्षेत्र विकास कोषले वैशाख १० गतेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई प्रवेश निषेध गर्ने भएको छ । अर्को व्यवस्था…

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…