साउदी अरब : कोरोनाबाट हालसम्म ७ जना नेपालीको मृत्यु, १ हजार ३ सय बढी संक्रमित

विष्णु घिमिरे

साउदी : कोरोना भाइरस (कोभिड १९) को असर केही दिन यता साउदी अरेवियामा झन् बढ्दो रूपमा देखिएको छ ।

बिहीबारसम्म १३६४ नेपाली संक्रमित भएका छन् भने ७ जना को मृत्यु भएको छ, साथै उल्लेखनीय मात्रमा निको भएका छन् भने संक्रमित हुने महिलाको संख्या १७ पुगेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमण र साउदी सरकारले लगाएको कर्फ्यु र अन्य नियमलाई मध्यनजर गदै नेपाली दुतावासले साउदीमा रहेका बिभिन्न क्रियाशील संघ संस्थाको सहकार्यमा खाधान्य र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ भने स्वास्थ्य परामर्शको लागि २ नेपाली डाक्टरको व्यवस्था गरेको छ ।

साउदी सरकारले कोरोना भाइरसको परीक्षण तेस्रो चरणमा सुरू गर्ने जानकारी गरेको छ जसमा विभिन्न अतिरिक्त केन्द्रहरू, सवारी साधनभित्रै टेस्ट गर्ने र एपबाट टेस्टका लागि बुकिंग गर्ने प्रणाली आदि रहेका छन् भने यो भन्दा पहिला हस्पिटल परिक्षण र फिल्ड टेस्ट रहेको थियो ।

कार्यरत कामदारले आफ्नो मुलक फर्कन चाहेमा विशेष अनलाईन पोर्टल ९अवदा ० मार्फत आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ । यस्तै मार्केट गर्न जाँदा सामाजिक दूरी कायम नगर्दा , भिडभाड गर्दा सरकारले जारी गरेका नियमहरूको उलंघन गर्दा आप्रबासी कामदारलार्इ जरिमाना, जेल सहित देश निकालासम्म गरिने भएको छ ।

हालसम्म साउदीमा कोरोना भाइरसको संक्रमणबाट ६५०७७ जना संक्रमित भएका छन् भने ३६०४० जना रिकभर हुनुको साथै ३५१ जनाको मृत्यु भएको छ। अन्नपुर्णपोस्टबाट 

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…