कतारमा प्रत्येक नागरिकलाई मोबाइलमा ‘एहतराज एप’ डाउनलोड गर्न सरकारको निर्देशन

दोहा । कतारको मन्त्रीपरिषदले प्रत्येक नागरिकलाई मोबाइलमा एहतराज एप इन्स्टल गर्न निर्देशन दिएको छ । कुनै कारणबस घरबाट बाहिर निस्किंदा यस एपले सहयोग गर्ने र यो निर्देशन मे २२ देखि अर्को सूचना जारी नआएसम्म लागू हुने जनाइएको छ ।

कतारमा मे १९ देखि मे ३० सम्म सबै पसल र व्यापारिक क्रियाकलापहरु बन्द हुने भएका छन् । मन्त्रीपरिषदको बैठकले खाद्य, क्याटरिङ पसल, औषधि पसल र होम डेलिभरी गर्ने रेस्टुरेन्ट बाहेक सबै व्यापारिक क्रियाकलाप बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै मन्त्रीपरिषदको निर्णयअनुसार अब एउटा गाडीमा सवारी चालकसहित दुईजना भन्दा बढी बस्न नपाउने भएका छन् । तर ट्याक्सी वा लिमोजिनमा यात्रा गर्दा वा परिवारका सदस्यले गाडी चलाइ निजी गाडीमा यात्रा गर्दा भने बढीमा तीनजनासम्म यात्रा गर्न मिल्नेछ ।

यी निर्णको पालना नगरेमा तीन वर्ष जेल सजाय र दुई लाख सम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुने जनाइएको छ । कतार सरकारले जारी गरेको निर्देशन अनिवार्य रुपमा पालना गर्न कतारमा बसोबास गर्ने सबै नेपालीहरुलाई कतारस्थित नेपाली दूतावास अनुरोध अपिल गरेको छ ।

कतारमा मंगलबार मात्र थप १६ सय ३७ जना कोरोना भाइरस (कोभिड–१९) का सं क्रमित फेला परेका छन् । ७ सय ३५ जना संक्रमित निको भएर फर्केका छन् ।

कतारमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनाको जाँच गर्दा १६ सय ३७ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या ३५ हजार ६ सय ६ पुगेको छ ।

हालसम्म ५ हजार ६ सय ३४ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म १५ जनाको मृत्यु भईसकेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भर्खरै प्रकाशित

जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपा सुनारले प्रहरीमा दिइन्…

तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका–…

युरोपको एउटा ‘फुच्चे’ देश कसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड…

उत्तर कोरियामा लाग्दैछ भोकमरी, प्रतिकेजी केराको मूल्य ४५ डलर

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम जोङ उनका विभिन्न तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। किमले अन्तर्राष्ट्रिय राजनीतिमा केही असर पर्ने काम गरेकाले उनका तस्बिर…

प्रहरीले छानविन गर्न थालेपछि माफी मागिन् ज्वाला सङ्ग्रौला

ट्राफिक प्रहरीले लाइसेन्स माग्दा रंगभेदी दुर्व्यवहार गर्ने ज्वाला सङ्ग्रौला र उनको समूहविरुद्ध मु’द्दा चलाउन प्रहरीले छानविन अघि बढाएको छ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने…

‘एक्स ९’मा सुनिल सेट्टीलाई अफर, अनमोलसँग होला पर्दा शेयर ?

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको तेश्रो चलचित्र ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ…