भारतीय मिडियालाई नेता रिजालको कडा जवाफ : कोसँग सम्बन्ध राख्ने हामीलाई नसिकाउ

काठमाडौँ : संघीय सांसद तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारसँग विभिन्न विमति भए पनि सिमानाको विषयमा हाल सरकारले लिएको अडानको पक्षमा आफूहरु पनि उभिएको बताएका छन् ।

नेता रिजालले भारतीय च्यानल ‘रिपब्लिक टेलिभिजन’मा ‘दि डिबेट’ कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । भारतमा संस्थापन पक्षधरको रुपमा चिनिएका पत्रकार अर्नव गोस्वामीसँगको अन्तर्वार्तामा रिजालसँगै नेपाली दुई पत्रकार प्रकास रिमाल र सुवास घिमिरे पनि थिए ।

अन्तर्वार्तामा नेता रिजालले पत्रकार गोस्वामीसँग कडा सवालजवाफ गरेको विषयले सामाजिक सञ्जालमा पनि महत्व पाएको छ । अर्नवले अन्तर्वार्तामा ह्यासट्यागको रुपमा ‘चीनले नेपाललाई प्रयोग गर्छ‘ भन्ने वाक्यलाई बहसको विषय बनाएका थिए ।

बहसमा चीन र नेपालको सम्बन्धलाई लिएर जसरी भारतीय पत्रकारले आरोप लगाए रिजालले त्यसलाई खारेज गरे । रिजालले नेपाल भारतसँग जस्तै चीनसँग पनि मित्रता राख्न चाहने बताएका थिए । साथै पत्रकारलाई जवाफ दिँदै उनले भने, ‘कोसँग मित्रता राख्ने र कोसँग नराख्ने भन्ने हामी निर्णय गर्छौँ, तपाईँले आफ्नो कुरा हामीलाई भन्न नलगाउनूस् ।’

भारतीय पत्रकार र वक्ताहरु भने बहसको क्रममा सीमा विवादको मुद्दा भन्दा पनि चीनसँग नेपालको सम्बन्धलाई लिएर दोषारोपणमा उत्रिएका थिए । उनीहरुले चीन कसैको मित्र हुन नसक्ने र अहिले नेपाललाई प्रयोग गरिरहेको आरोप लगाएका थिए ।

जब कि, नेता रिजालले सीमाको विषयलाई ‘डाइभर्ट‘ गर्न खोजिएको भन्दै नेपाल सरकारले नक्सा सार्वजनिक गरेको निर्णयलाई खुलेर प्रशंसा गरे । पत्रकार अर्नव, भारतीय नेता तथा वुद्धिजीवीले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारत नै लामो समयदेखि वार्ताको लागि तयार नरहेकोमा प्रतिप्रश्न गरेका थिए । रिजालले भारतीय मिडियाको एकपक्षीय आरोपबाट आफुहरु निराश भएको पनि प्रतिक्रिया दिएका थिए ।

र यस्तो तरिकाबाट समस्या समाधान नहुने बरु संवादका लागि तयार रहनुपर्ने सुझाव पनि दिए । भारतीय टेलिभिजन प्रस्तोता अर्नव पछिल्लो समय त्यहाँ सत्तारुढ दल भारतीय जनता पार्टी निकट तथा हिन्दुत्वको नाराको पक्षमा वकालत गर्ने पत्रकारको रुपमा चिनिन्छन् ।

कतिपय अन्तर्वार्तामा उनले जातीय तथा धार्मिक हिंसा निम्त्याउने दोषारोपण समेत गर्ने गरेका छन् । यही विषयलाई लिएर उनी कतिपय सार्वजनिक स्थलमा अपमानित समेत हुनु परेको छ ।

यता रिजालको प्रस्तुतीलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा भएको छ । उनले राष्ट्रियताको सवालमा जिम्मेवार विपक्षी दलको नेताको रुपमा देखाएको परिपक्वताको प्रशंसा गरिएको छ ।

सामाजिक सञ्जालमा उनले सीमा रक्षा र राष्ट्रियताबारे दिएको अभिव्यक्तिलाई लिएर फेसबुक तथा ट्वीटरमा शेयर गर्न थालेका छन् ।

पत्रकारहरु प्रकास रिमाल र सुवास घिमिरेले पनि बहसलाई प्रस्तोताले विषयान्तर गरेकोमा आपत्ति जनाएका थिए । उनीहरुले सीमाबारे बहस केन्द्रित गर्न आग्रह गरेका थिए । साथै कालापानी क्षेत्र नेपालको भएको विभिन्न ऐतिहासिक प्रमाण र तथयले पुष्टि गर्ने पत्रकार घिमिरेको भनाइ थियो ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…