अब लिपुलेक र तिंकर जान भारतको भूमि प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य, सेनाले थाल्यो गोरेटो बाटो निर्माण

काठमाडौँ — असारपछि दार्चुलाको माथिल्लो भूभागमा पुग्नलाई भारतको भूमि प्रयोग गर्नु नपर्ने भएको छ । अहिलेसम्म पनि दार्चुला सदरमुकाम खलंगाबाट जिल्लाको माथिल्लो भूभागहरु तिंकर, लिपुलेकसम्म पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ ।

खलंगाबाट हिँडेर तिंकर पुग्नका लागि घाटीबगर इलाकामा आवश्यक गोरेटो बाटो निर्माणको काम असार मसान्तसम्म सकिएपछि भारतीय भूमि प्रयोग गर्नु नपर्ने नेपाली सेनाले बताएको छ । हाल खलंगाबाट तिकंर जान भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा भारतीय सुरक्षाकर्मीसँग पास लिएर जानु पर्छ । फेरि माथि पुगेर नेपाली भूभागमा आउनु पर्छ ।

सेनाले बुधबारबाट घाटीबगर इलाकामा सडक निर्माणको लागि इन्जिनियर र अन्य प्राविधिकसहित सेनानीको कमान्डमा ४५ जनाको प्लाटुन खटाएको बताएको छ ।

‘सेनाले बुधबारबाट त्यस इलाकामा काम थालेको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने, ‘यो खण्डमा सेनाले असार मसान्तभित्रमा गोरेटो बाटो बनाइसक्ने लक्ष्य राखेको छ । असारपछि तिंकरलगायत दार्चुलाको माथिल्लो भूभाग जानका लागि नेपालीहरुलाई भारतको भूभाग प्रयोग गर्नु पर्दैन ।’

खलंगादेखि घाटीबगर हुँदै तिंकर भञ्जाङसम्मको दूरी एक सय ३४ किलोमिटर छ । घाटीबगरदेखि तिंकरसम्मको दूरी ८७ किलो मिटर छ ।

सेनाले अहिले घाटीबगरमा गोरेटो बाटो निर्माण गर्न लागेको हो । उक्त सडक खण्डमा चार सय ५० मिटर कडा चट्टान र केही स्थानमा पहिरो छन् । कडा चट्टानलाई बारुद प्रयोग गरेर ब्लास्ट गर्ने र पहिरोलाई हटाएपछि स्थानीयहरु हिड्ने गोरेटो बाटो खुला हुनेछ ।

सरकारको वैशाख १४ गतेको निर्णय अनुसार अर्को आर्थिक वर्षदेखि खलंगाबाट तिकंरसम्म सडक मार्ग निर्माण थालिने छ । यो बाटोका लागि कतै ट्रयाक खोलिसकिएको छ भने अहिले खनिने गोरेटोलाई नै पछि सडक बनाइने सेनाले जनाएको छ । सडक निर्माणको लागि सेना र सडक विभागलाई जिम्मेवारी दिइसकेको छ । सेनाको एक प्राविधिक टोलीले गत साता घाटीबगर इलाकाको भ्रमण गरि आएर पूर्व तयारी गरेको थियो ।

उक्त टोलीले त्यहाँको भूबनोट, निर्माण काम सुरु गर्दा आवश्यक सामग्री लिएर जादा हेलिकप्टर अवतरण गर्ने स्थान, सेनाको फिल्ड कार्यालयलगायत पक्षको जानकारी लिएर आएको थियो । तस्बिर : मनोज बडू/कान्तिपुर

भर्खरै प्रकाशित

विप्लवको सुरक्षामा इन्स्पेक्टरको कमान्डमा अगुवा गाडीसहित १० जना प्रहरी

गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को सुरक्षाको लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ। गत शुक्रबार सार्वजनिक भएका विप्लव…

अंकमाल गर्दै विदा भए एमाले-माओवादी

धरान । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई एथावतको फैसला सुनाएपछि सुनसरीका विभिन्न स्थानमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलबार नेकपाको…

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…

केपी ओली एकदमै गन्हाउने कुहिएको अण्डा, त्यसलाई गाडिन्छ या जलाइन्छ…

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको…