नेपालले जारी गरेको नयाँ नक्साबारे संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिइने

काठमाडौँ — नेपाल सरकारले जेठ ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार जारी गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साको संयुक्त राष्ट्रसंघ (यूएन) लगायतका अन्तर्राष्ट्रिय संस्था र समुदालयलाई पनि जानकारी दिने तयारी गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार नयाँ नक्सा जारी गरेकी थिइन् ।

योसँगै सरकारले अब परराष्ट्र मन्त्रालयमार्फत् अन्तर्राष्ट्रिय संस्था र समुदायहरुलाई नेपालको नयाँ नक्साबारे जानकारी दिने तयारी गरेको हो । भूमि व्यवस्था मन्त्रालयले यसका लागि परराष्ट्रलाई पत्र पठाउँदैछ ।

परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘नेपालले औपचारिक रुपमा नै नक्सा जारी गरेपछि सबैले थाहा पाउने हुन्छ । तैपनि जानकारी गराउनु पनि उचित हुन्छ ।’ उनले अहिलेसम्म भूमि व्यवस्था मन्त्रालयबाट परराष्ट्रलाई पत्र नआएको भए पनि पत्र आएपछि अन्तर्राष्ट्रिय संस्थाहरु र मुलुकहरुलाई आफ्ना कुटनीतिक नियोगबाट जानकारी गराउने बताए ।

भर्खरै प्रकाशित

विप्लवको सुरक्षामा इन्स्पेक्टरको कमान्डमा अगुवा गाडीसहित १० जना प्रहरी

गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को सुरक्षाको लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ। गत शुक्रबार सार्वजनिक भएका विप्लव…

अंकमाल गर्दै विदा भए एमाले-माओवादी

धरान । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई एथावतको फैसला सुनाएपछि सुनसरीका विभिन्न स्थानमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलबार नेकपाको…

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…

केपी ओली एकदमै गन्हाउने कुहिएको अण्डा, त्यसलाई गाडिन्छ या जलाइन्छ…

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको…