कोरोनाले चम्कायो भाग्य : ज्याक मालाई पछिपार्दै यी व्यक्ति बने चीनकै धनाढ्य

काठमाडौं । कोरोनाभाइरसको महामारी बीच चिनियाँ धनाढ्यहरुको अनुक्रममा एउटा अनपेक्षित परिवर्तन आएको छ । चीनका धनाढ्य अलिबाबा कम्पनीका पूर्व सीईओ ज्याक मालाई पछि पार्दै टेन्सेन्ट कम्पनीका संस्थापक तथा सीईओ मा हुवाटेङ अग्रस्थानमा आएका छन् ।

कोरोनाभाइरस र लकडाउनका कारण टेन्सेन्टले विकास गरेको इन्टरनेट गेमको माग र शेयर मूल्य १४ प्रतिशतले बढेको छ । यो वृद्धि दुई वर्षयताकै ठूलो हो ।

टेन्सेन्टका ती गेमहरु ‘पिसकिपर इलाइट’ र ‘अनर अफ किङ्स’ हुन् । गत बिहीबार मा हुवाटेङको सम्पत्ति ३८ अर्ब १० करोड डलरबाट बढेर ४८ अर्ब २० करोड पुगेको छ । फोर्ब्सले गत मार्च १८ मा विश्वका धनाढ्य व्यक्तिहरुको सूची प्रकाशित गरेको थियो ।

यसबीच ज्याक माको सम्पत्ति भने ३८ अर्ब ८० करोड डलरबाट बढेर ४१ अर्ब २० करोड डलर पुगेको छ । दुई महिनाअघि अर्थात गत मार्चमा उनको सम्पत्ति ४४ अर्ब ५० करोड डलर रहेको थियो ।

वर्षको पहिलो चौमासिकमा कम्पनीले राम्रो प्रदर्शन गरेको रिपोर्ट सार्वजनिक भएपछि बिहीबार टेन्सेन्ट कम्पनीको प्रति शेयर मूल्य ३.५ प्रतिशतले बढेको थियो । विश्वका अन्य गेमिङ तथा इन्टरनेट कम्पनीजस्तै गत जनवरीदेखि मार्च महिनाको बीचमा टेन्सेन्ट कम्पनीको गेमिङ सेवाको माग पनि बढेको थियो ।

तर कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएसँगै चीनमा लकडाउन खुकुलो भएको छ । जसले टेन्सेन्ट कम्पनीको सेवा मागमा पनि अनिश्चितता छाउने आँकलन गरिएको छ । कम्पनीको यो प्रगति लामोसमयसम्म टिक्ने सम्भावना भने देखिँदैन ।

चीनको व्यापक आर्थिक मन्दी र खुम्चिएको उपभोगबीच टेन्सेन्टले भने बजारको अपेक्षालाई पनि पछाडि पार्दै उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीको गेमिङ विजनेसको आम्दानी ३१ प्रतिशतले बढेको छ ।

चालु वर्षको पहिलो चाैमासिकमा गेमिङ विजनेस कम्पनीको सबैभन्दा ठूलो आम्दानीको स्रोत बनेको छ । यो पहिलो चाैमासिकमा टेन्सेन्टको आम्दानी २६ प्रतिशतले बढेर १०८.१ अर्ब युआन अर्थात १५ अर्ब डलर पुगेको थियो । तर विश्लेषकहरुले यो वृद्धि अल्पकालीन भएको बताएका छन् ।

लकडाउन समाप्त भएसँगै विद्यालय र स्कूलहरु खुल्न थालेपछि गेममा मानिसहरुले कम समय बिताउने छन् । यो लामो आर्थिक मन्दीबीच चीनको कूल ग्रार्हस्थ उत्पादन ६.८ प्रतिशतले खुम्चिएको छ । यसले गर्दा उपभोक्ताहरुको क्रय शक्ति पनि कमजोर भएको छ ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…