साउदीमा नेपाली श्रमिकको रोजगारी गुम्यो : तत्काल २० हजार नेपाली फर्कन सक्ने अनुमान

काठमाडौँ। साउदीमा अहिलेकै अवस्थामा पनि केही नेपाली श्रमिकले रोजगारी गुमाइसकेका छन् । कोरोना सङ्क्रमण बढदै जाँदा त्यहाँ रहेको नेपालीको रोजगारी गुम्ने खतरा पनि अझैं बढ्दै गएको छ ।

अहिले साउदीका होटर, रेस्टुरेन्टहरु, सलुनहरु बन्द हुँदा त्यहाँ कार्यरत नेपालीको रोजगारी गुमेको छ । यस क्षेत्रमा काम गर्ने श्रमिकलाई खाद्यन्न र बासको समस्या भएको छ ।

कोरोना र अरु समस्याका कारण दूतावासमा दैनिक कम्पतीमा पनि १५ जनाले सम्पर्क गर्ने गरेका छन् । दूतावासले गएको अप्रिल २७ देखि दुई वटा फोनमार्फत श्रमिको गुनासो टिप्ने र अभिलेखिकरण गर्ने गरेको थियो । एक हप्ताअघिदेखि अनलाइनमाफर्त पनि दूतावासले समस्यामा पर्नेको विवरण लिइरहेको छ ।

यसरी विभिन्न माध्यममार्फत अहिलेसम्म १० हजार जतिले आफ्नो समस्या दूतावासमा टिपाएका राजदूत सिंहले उज्यालोलाई जानकारी दिनुभयो ।

दूतावासले यसरी आउने समस्यामा पनि आन्तरिक रुपमा वर्गीकरणको काम गरिरहेको छ । काम र कमाइ नुहँदा खाद्यान्न समस्या, बस्ने समस्या, विभिन्न रोग लागेका, गर्भवती महिला, भिजिट भिसामा साउदी पुगेर फसेकाहरु, साउदी सरकार स्वयंले नेपाल फर्काउन खोजेका, कागजात विहिन भएका लगायतलाई समस्याको आधारमा दूतावासले वर्गीकरण गरिरहेको छ ।

घरफिर्ती केन्द्रमा रहेकाहरुलाई साउदी सरकारले नै पठाउँन खोजिरहेको छ । यी विभिन्न समस्यालाई आधारमान्दा साउदीबाट तत्कालै ८ हजारदेखि २० हजारको सङ्ख्यामा नेपालीलाई फर्कानउन पर्ने हुनसक्ने राजदूत सिंहले बताउनुभयो ।

‘यो अहिलेको अवस्थाको आधारमा गरिएको अनुमान हो, कोरोना सङ्क्रमणको अवस्थाको आधारमा यो बढ्ने, घट्ने हुन सक्छ’ राजदूत सिंहले भन्नुभयो, ‘यो सङ्ख्या र समस्याको बारेमा हामीले नेपाल सरकारलाई जानकारी दिएका छौं र उनीहरुको नेपाल फिर्तीका लागि आग्रह पनि गरेका छौं ।’

अहिले साउदीमा धेरैजसो खाद्यान्नको समस्या परेका नेपालीको गुनासो आउने गरेको छ । दूतावास र सामाजिक संघसँस्थाहरुले पनि समस्यामा पर्नेलाई सहयोग गरिरहेका छन ।

दूतावास आफैंले पनि समस्यामा परेका श्रमिकको क्षेत्रमा पुगेर खानाको उपयुक्त व्यवस्था गरिरहेका राजदूत सिंहको भनाइ छ ।

‘श्रमिकले भनेका हरेक कुरा सुन्ने, टिप्ने र समाधानका लागि पहल गर्ने गरेका छौं’ राजदूत सिंहले भन्नुभयो, ‘हरेक श्रमिकको समस्या समाधान गर्नु हाम्रो दायित्व हो, हामी गरिरहेका छौं ।’

तथ्याँक मागिरहेका छौं
साउदीले कुनै पनि सङ्क्रमितको राष्ट्रियता नखुलाउने भएकाले सङ्क्रमित नेपालीको तथ्याँक पनि सजिलै दिँदैन । तर दूतावासले माग गरेकाले यसअघि ६७४ जनामा सङ्क्रमण भएको विवरण दूतावासलाई त्यहाँको स्वास्थ्य र विदेश मन्त्रालयले उपलब्ध गराएका थिए । अहिले पछिल्लो समय पनि मागेको र साउदीले इदभन्दा पहिले उपलब्ध गराउने बताएको राजदूत सिंहले बताउनुभयो ।

साउदीले सङ्क्रमित सबैको उचित हिसाबले उपचार गरिरहेकोले डराउनुपर्ने अवस्था नभएको उहाँको भनाइ छ ।

‘साउदीमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीलाई दूतावासमा सम्पर्क गर्न अनुरोध छ,’ राजदूत सिंहले भन्नुभयो, ‘तपाईंले गुनासो गर्नुभयो, समस्या दूतावासमा राख्नुभयो भने हामी तुरुन्तै उपस्थित हुनेछौं ।’

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…