साउदीमा कोरोना संक्रमण हुने नेपालीको संख्या ६ सय ७४ पुग्यो, ४ को मृत्यु

रियाद : बैदेशिक रोजगारको क्रममा साउदी अरेबियामा कार्यरत नेपालीमा कोभिड १९ भाइरसको संक्रमण ६ सय ७४ जनामा संक्रमण देखिएको छ । तीमध्ये ४ जनाको मृत्यु भएको छ ।

साउदीका विभिन्न सहरमा रहेका ११ महिला र अन्य पुरुषमा भाइरस देखा परेको हो । मृत्यु र संक्रमित हुनेको विवरण दुतावासले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । कोरोनाबाट संक्रमण हुने यति धेरै नेपाली संख्या खाडीको पहिलो मुलुक बनेको छ । साथै भाइरसको संक्रमणबाट हालसम्म खाडी मुलुकमा ५४७५२ जना प्रभावित भएका छन् ।

भाइरसको संक्रमण तीब्र रूपमा बढेको देखिएपछि यहाँ कार्यरत नेपालीमा चिन्ताको विषय बनेको छ। घर जान तयारी अवस्थामा रहेकाहरु पनि रोकिएका छन् भने कोही भाइरसको संक्रमणबाट समयमा उपचार नहोला कि भन्ने चिन्तामा छन् ।

साउदी सरकारले यो अवस्थामा भाइरस नियन्त्रणको लागि कडा नियम बनाउनुको साथै कडाई पनि गरेको छ । आगामी २३ मे देखि २७ मेसम्म पूरा देशको लागि २४ घण्टे कर्फ्युको घोषणा गरेको छ ।

साथै कोरोना संक्रमित भएका सबैलाई निशुल्क उपचार गर्ने, कम्पनीमा कार्यरत कामदारलाई जवर्जस्ती निकाल्न नपाइने र यहाँको कानुन अनुसार चल्नुपर्ने घोषणा साउदी सरकारले गरेको छ ।

यद्यपि कतिपय कम्पनीले संक्रमित भएका नेपालीलाई समयमै स्वास्थ्य परिक्षण नगरेको र रोजगारबाट नै निकालेको अवस्था छ । संक्रमणको मध्यनजर गर्दै साउदीमा आबद्ध विभिन्न संगठन र एन आर एन तथा संघ (सँस्थाहरुले यो अवस्था कुनै पनि नेपाली भोकले मर्नु नपरोस् भनेर तत्काल पीडित सहयोगार्थ कोष खडा गरी पीडित नेपालीलाई आवश्यक अनुसार सहयोग गर्दैआएका छन् । यसबीचमा विभिन्न कारणले मृत्यु भएका ३७ भन्दा बढि नेपाली कामदारको शव अलपत्र अवस्थामा छन् ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…