सांसद सरिता गिरी : भारतले एकतर्फी सडक खनेकोमा विरोध नगर्ने, नेपालले नक्सा जारी गर्नेभन्दा आक्रोशित

काठमाडौं । भारतले नेपाली भूमिमा एकतर्फी सडक खन्न हुने, तर नेपालले आफ्नो नक्सा जारी गर्दा भारत र चीनको समर्थन लिनुपर्ने सांसदको तर्क सुनेर नेपालीले उदेक मानेका छन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्ने नेपाल सरकारको प्रयासमाथि समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसद्मै विरोध गरेकी छिन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै आइतबार सांसद गिरीले भारत र चीनसँग संवाद नगरी नक्सा जारी गर्ने घोषणाले सरकारको परराष्ट्रनीतिमाथि प्रश्न उठेकोसमेत बताइन् । ‘लिपुलेकको विवाद पनि आएको छ ।

भारत र चीनसँग संवादविना नै जसरी राष्ट्रपतिको मुखबाट नयाँ नक्सा सार्वजनिक गर्ने कुरा गरियो, त्यसले चाहिँ विदेशनीतिको क्षमतामाथि प्रश्नचिह्न उठाउँछ,’ उनले भनिन्, ‘एकातिर राष्ट्रपतिले नयाँ नक्सा सार्वजनिक गर्ने बताउने अर्कोतिर परराष्ट्रमन्त्रीले नक्सा सार्वजनिक गर्न संविधान बाधक छ भन्ने ।

विदेशनीति जुवा होइन । ग्याम्ब्लिङ होइन । यहाँ तपाईं दुई छिमेकीसँग वार्ता गरिरहनुभएको छ । दुई छिमेकीसँग बात गर्नुपर्छ ।’

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर १६ कात्तिकमा नक्सा जारी गरेको थियो । कूटनीतिक संवाद अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई भारतले नजरअन्दाज गर्र्दै आएको छ ।

भारतले २६ वैशाखमा नेपाली भूभाग व्यास र गुन्जी हुँदै लिपुलेकसम्मको सडकमार्गसमेत उद्घाटन गरेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले दार्चुलापारि भारतीय जिल्ला धार्चुला सदरमुकाम पिथौरागढबाट लिपुलेक नाका जोड्ने ८० किलोमिटर सडक उद्घाटन गरेपछि नेपालले आपत्ति जनाइसकेको छ । भारतले ५८ वर्षदेखि ३७२ वर्गकिलोमिटर नेपाली भूमि कब्जा गरेको छ । यो समाचार आजको नयाँपत्रीका दैनिकले छापेको छ ।

भर्खरै प्रकाशित

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने…

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : “तिमी भन्दा शक्तिशाली जनता…

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा…

केपी ओलीले नै सरकारको नेतृत्व गरिरहनुहुन्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री…

देउवालाई भेट्न पुगे नेपालका लागि चीन र भारतका राजदूत

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्। बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ…

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा…

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई…