भाडामा बसेकालाई जबर्जस्ती निकाल्न खोजे, दुर्व्यवहार गरे कारबाही गर्नू : गृह मन्त्रालय

काठमाडौँ — गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका क्रममा अग्र भागमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिए प्रशासनिक कारबाही गर्ने चेतावनी दिएको छ ।

घर भाडामा बस्‍ने तथा दिउँसो ड्युटी गरेर फर्कने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई घरबेटीले प्रवेश रोक्‍ने र घरबाटै निस्कन धम्की दिने जस्ता गुनासो आएको भन्दै गृहले त्यसप्रति आफ्‍नो ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले यस्ता किसिमका अमानवीय घटना भएमा तत्काल संलग्‍नमाथि कारबाही गर्न निर्देशन दिइएको बताए ।

सरकारले लकडाउन लगाएयता विभिन्‍न जिल्लामा कोठा भाडामा बसेकालाई निस्कन दबाब दिने,कामबाट बेलुका घर फर्केकालाई प्रवेश नदिने,बाटोमा अनाधिकृत रुपमा प्रवेश निषेध भन्दै बार लगाउने जस्ता गतिविधि तत्‍काल नियन्त्रण गर्न देशभरका प्रशासन कार्यालाई निर्देशन दिएको पनि प्रवक्ता शर्माले बताए ।

यस्ता गतिविधिमा संलग्नहरुलाई संक्रामक रोग २०२० र स्थानीय प्रशासन ऐन २०२८ तथा मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार कारबाही गर्न सकिने व्यवस्था छ ।

भर्खरै प्रकाशित

योगी आदित्यनाथले फेरि दिए नेपालबारे यस्तो विवादास्पद अभिव्यक्ति

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा…

एमाले अध्यक्ष सन्ध्या तिवारी भन्छन् : केपी ओलीसँग हाम्रो विचार…

सर्वोच्च अदालतको आइतवारको फैसलासँगै एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व एकै पटक संकटमा परेको छ। दुई वर्षअघि भएको माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता सर्वोच्च…

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

२४ फागुन, बुटवल । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला…

छुटिनेबेला माधव नेपालले भने, प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि…

काठमाडौं । माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको…

हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले छुट्याइदियो : झलनाथ खनाल

नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले आफूहरुको एकतालाई सर्वोच्च अदालतले छुट्याइदिएको टिप्पणी गरेका छन्। सेतोपाटीसँग कुराकानी गर्दै खनालले भने ‘हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले मिलेको…