मुद्दा फाँटमा कार्यरत प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि २५ प्रहरी क्वरेन्टीनमा

बारा – कलैयामा रहेकाे जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत एक जना प्रहरी जवानमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि एक प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वरेन्टीनमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षकसहित सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालयको छेवैमा रहेको बाल मन्दिरको प्रहरी क्वरेन्टीनमा राखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीसँगै जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र जिल्ला सरकारी वकिल कार्यालयका तीन जना गरी ३१ जनाको स्वाब पीसीआर परीक्षणका लागी कलैया अस्पतालमा संकलन गराइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो । सङ्क्रमित प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेशनमा राखिएको छ ।

सङ्क्रमित प्रहरी जवान गएको वैशाख २९ गते रौतहटमा रहेकाे घर गएर ३० गते जिल्ला प्रहरी कार्यालयमा फर्किएका थिए । प्रहरी जवानमा कोरोनाको पुष्टि भएसँगै जिल्ला प्रहरी कार्यालयमा अति आवश्यक काम बाहेक अन्य सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

प्रहरी कार्यालयमा नआइ नहुने काम बाहेक अन्यलाई प्रवेश गर्न आइतबारदेखी पूर्ण रुपमा निषेध गरिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।उहाँका अनुसार मुद्दा शाखासहित जिल्ला प्रहरी कार्यालयमा औषधी छर्किइएकाे छ ।

भर्खरै प्रकाशित

विप्लवको सुरक्षामा इन्स्पेक्टरको कमान्डमा अगुवा गाडीसहित १० जना प्रहरी

गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को सुरक्षाको लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ। गत शुक्रबार सार्वजनिक भएका विप्लव…

अंकमाल गर्दै विदा भए एमाले-माओवादी

धरान । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई एथावतको फैसला सुनाएपछि सुनसरीका विभिन्न स्थानमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलबार नेकपाको…

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…

केपी ओली एकदमै गन्हाउने कुहिएको अण्डा, त्यसलाई गाडिन्छ या जलाइन्छ…

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको…