युवाहरुले घरघरमै जलाए भारतीय नक्सा र मोदीको फोटो

काठमाडौं : युवाहरुले घरघरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतीय नक्सा जलाएका छन्। नेपालको भूमीमा भारतले सडक बनाएको विरोधमा राष्ट्रिय सिमा रक्षा अभियान नेपालका युवाहरुले घरघरमा नक्सा र पुत्ला जलाएका हुन्।

अभियानकर्मीहरु रविन जङ्ग बस्नेत, समीर बुढाथोकी, निर्ग जैसी, संघर्ष दहाल, एलिजा ढकाल, पुजा खुशी लगायतको आह्वानमा देशैभरका थुप्रै युवाहरुले शनिबार साझ पुत्ला र नक्सा जलाएका हुन्। कवरोना महामारीलाई ध्यानमा राख्दै घरघरबाटै जलाएको बताएका छन्।

‘हरेकले आफ्नो घरको छत छतमा र आँगनमा नेपाली भूमी लिपुलेक लिम्पियाधुरा, कालापानीमाथि भएको भारतीय सीमा अतिक्रमणका विरुद्ध विरोध जनाउँदै #Backoffindia# लेखेर मोदिसहित भारतले जारी गरेको राजनीतिक नक्सा जलाएको अभियानकर्मी रविन जंग बस्नेतले जानकारी दिए। यसअघि सो अभियानकर्मीले माईतीघर मण्डला, बानेश्वरको संसद भवन र बबरमहललगायतको ठाउँमा प्रदर्शन गरेको थियो। नेपालमा कोरोनाले एक जनाको मृत्यु र संक्रमितहरुको संख्या बढेसँगै उनीहरुले सडक आन्दोलन स्थगित गरेर सामाजिक संजालबाट आन्दोलन जारी राखेको अर्का अभियानकर्मी समिर बुढाथोकीले बताए।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…