दोहा। कतारको बन्दीगृहमा रहेका ८ जना नेपाली श्रमिकले आममाफी पाएका छन् । रमादानको अवसर परेर कतार सरकारले ८ जना नेपाली श्रमिकलाई आममाफी दिएको कतारस्थित नेपाली दूताबासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।
कतारको विभिन्न कारागारमा बन्दी जीबन बिताईरहेका नेपाली श्रमिकले आममाफी पाए पनि उनीहरु के कसुरमा जेल जीबन बिताईरहेका थिए भन्ने बारे केहि खुलाईएको छैन । यस अघि पनि कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै कतारले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई हेरेर १७ नेपाली कैदीहरुलाई आमामाफी दिएको थियो ।
यता, कतारमा कोरोनाबाट अहिलेसम्म २९ हजार ४२५ जना सङ्क्रमित भएका छन् भने ३ सय ५४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भैसकेको छ ।
अहिले सम्म कोरोनाबाट कति जना नेपाली संक्रमित भएका छन् या छैनन् भन्ने कुनै पनि तथ्याङ्क बाहिर नआए पनि संक्रमित नेपालीहरुको सङ्ख्या ठूलो रहेको अनुमान गर्न सकिन्छ ।