दार्चुलाको छाङरुमा नेपाली सेनाले टोली पनि पुग्यो

२ जेठ, काठमाडौं । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि चर्चामा आएको दार्चुलाको छाङरुमा नेपाली सेनाले पनि टोली पठाएको छ ।

कालापानी, लिपुलेक क्षेत्रलाई भारतले अतिक्रमण गरेका बेला जंगीअड्डा मौन बसेको भन्दै आलोचना हुन थालेपछि सेनाले पनि छाङरुमा फौज पठाएको हो ।

यसअघि बुधबार सशस्त्र प्रहरी बलले छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिसकेको छ ।

सेनाको अपरेसन विभागका एक जना महासेनानीको नेतृत्वमा सेनाले छाङरुमा टोली पठाएको सैनिक स्रोतले बतायो । छाङरु विवादित कालापानी क्षेत्रबाट १२ किलो वरै पर्छ ।

सेनाले त्यहाँको वस्तुस्थितिबारे रेकी गरेको स्रोतले बतायो । टोलीको निष्कर्षका आधारमा केही दिनमै दार्चुलामा सेनाको फौज परिचालन गरिने जंगीअड्डा स्रोतले बतायो ।

भविष्यमा सेनाको टोलीले के–के गर्न सक्छ भन्ने विषयमा पनि दार्चुला पुगेको टोलीले अध्ययन गर्ने जनाइएको छ । सेनाको दार्चुलामा उपस्थितिले सशस्त्र प्रहरीलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अहिले घाँटीबगर भन्ने स्थानमा ४ सय ५० मिटर सडक निर्माण गर्ने गरी टोली परिचालित हुने बताए ।

पाण्डेले भने, ‘छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउँदैछ । त्यसअघि सर्वसाधारणलाई छाङरुसम्म पुग्न घाँटी बगरमा ट्याक खोल्न लागिएको छ ।’

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पनि घाँटी बगरमा भएको भीरका कारण पैदल हिँड्न पनि समस्या हुने गरेको बताए । त्यसैले सेनाले ट्रयाक खोल्नेबारे छलफल भएको उनले बताए । फाइल तस्विर : गुगल 

भर्खरै प्रकाशित

योगी आदित्यनाथले फेरि दिए नेपालबारे यस्तो विवादास्पद अभिव्यक्ति

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा…

एमाले अध्यक्ष सन्ध्या तिवारी भन्छन् : केपी ओलीसँग हाम्रो विचार…

सर्वोच्च अदालतको आइतवारको फैसलासँगै एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व एकै पटक संकटमा परेको छ। दुई वर्षअघि भएको माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता सर्वोच्च…

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

२४ फागुन, बुटवल । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला…

छुटिनेबेला माधव नेपालले भने, प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि…

काठमाडौं । माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको…

हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले छुट्याइदियो : झलनाथ खनाल

नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले आफूहरुको एकतालाई सर्वोच्च अदालतले छुट्याइदिएको टिप्पणी गरेका छन्। सेतोपाटीसँग कुराकानी गर्दै खनालले भने ‘हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले मिलेको…