नेपालगञ्जका एक पुरुषमा कोरोना पोजिटिभ

काठमाडौं : शुक्रबार नेपालगञ्जका एक पुरुषमा कोरोना पोजिटिभ देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा नेपालगञ्जका ११ जनाको स्वाबको नमुना परीक्षण गर्दा एकजनाको रिपोर्ट पोजिटिभ आएको हो।

नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले आफ्नो ट्वीट मार्फत नेपालगन्जमा कोरोना भित्रिएको बताएकी हुन्। ‘कोरोना भाइरसले नेपालगञ्ज पनि चोखो रहेन’, उपमेयर थापामगरले ट्वीटमा लेखेकी छन्।

पोजिटिभ रिपोर्ट आएका व्यक्तिको ट्राभल हिस्टी खोजी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने यसबारेमा आफूले सुनेको उल्लेख गर्दै आधिकारिकताको लागि खोजी भइरहेको बताए। एकजनाको रिपोर्ट पोजिटिभ देखिएपछि नेपालगञ्जमा नाका सिल गर्ने र चेकजाँचलाई फराकिलो बनाउने विषयमा छलफल भइरहेको छ।

नेपालगञ्जमा एकजना थपिएसँगै नेपालमा संक्रमितको संख्या ५८ पुगेको छ। १६ जना भने निको भएर घर फर्किएका छन्। अन्य ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…