वैशाख १७ गते क्षुद्रग्रहबाट पृथ्वीलाई खतरा छ?

अहिले सामाजिक सञ्जालमा क्षुद्रग्रहबारे चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिकै आउने भन्ने हल्ला फैलिएको छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सोमबार विज्ञप्ति जारी गर्दै क्षुद्रग्रहबारे जानकारी गराएको छ।

अप्रिल २९ तारिख/वैशाख १७ गते के हुँदैछ?

यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखि सबैभन्दा नजिक आउँदैछ। तर अत्यन्तै नजिक हुँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब ६२ लाख ८२ हजार किलोमिटर टाढा रहनेछ। पृथ्वी र चन्द्रमाबीचको औसत दूरी करिब तीन लाख ८४ हजार किलोमिटर छ। त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा करिब साढे सोह्र गुणा टाढा रहनेछ।

के यो क्षुद्रग्रहबाट पृथ्वीलाई केहि ख तरा छ त?

यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिखमा पहिलो पटक पत्ता लागेको थियो। त्यसैले यसको नाम अर्थात् १९९८ ओ.आर.२ रहन गएको हो। यो क्षुद्रग्रहको वैज्ञानिक नाम ‘५२७६८’ हो। कुनै पनि क्षुद्रग्रहलाई हामीले/खगोल वैज्ञानिकहरुले राम्रोसँग बुझेपछि यस्तो किसिमको नाम दिइन्छ। विगत तीन दशकभन्दा बढी समयदेखि निगरानीबाट प्राप्त ज्ञान अनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन। त्यसैले हाल कोही पनि त्रसित हुनुपर्ने अवस्था होइन।

के नेपालमा पनि यस्तो किसिमको खोजीकार्य भइरहेको छ?

सन् २०१७ देखि हामीले नेपालमा सञ्चालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान भाग लिएका विद्यार्थीले पत्ता लगाएका र प्रारम्भिक पहिचान पाउन सफल थुप्रै क्षुद्रग्रहमध्ये हालसम्म एउटाले अस्थायी नाम पाइसकेको छ। उक्त क्षुद्रग्रह एसओएस सानोठिमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले सन् २०१९ मा पत्ता लगाएका हुन् जसको नाम २०१९ ए. ई. १८ हो। यसलाई नेपाली विद्यार्थीहरुले सन् २०१९ जनवरी २ तारिख पत्ता लगाएका हुन्।

के यो क्षुद्रग्रहलाई वैशाख १७ गते/अप्रिल २९ तारिखका दिन नेपाली आकासमा नाङ्गो आँखाले देख्न सकिन्छ?

हालैको एउटा अध्ययनले यो क्षुद्रग्रहको आकार करिब २ किलोमिटरको रहेको बताइएको छ। सुरूमा यसको आकार १.८ देखि ४.१ किलोमिटर अनुमान गरिएकोमा अरेसीबो अब्जरभेटरीले अप्रिल १८, २०२० मा लिएको राडार तस्बिरको अध्ययनबाट यो क्षुद्रग्रह करिब २ किलोमिटरको रहेको बताइएको छ। त्यसैले नजिक आउँदा पृथ्वी-चन्द्रमाको दूरीभन्दा कम्तिमा १६ गुणा टाढा रहने र करिब २ किलोमिटरको रहेकोले साथै यसको औसत अपेरेन्ट म्याग्निच्युड करिब ११ रहेकाले नाङ्गो आँखाले यसलाई देख्न सकिँदैन। यसलाई अवलोकन गर्न ठूलै खालको टेलिस्कोप आवश्यक पर्छ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…