वुहानले जित्यो कोरोना : अस्पतालहरुमा उपचारत् सबै बिरामी डिस्चार्ज भए

वुहान — चीन सरकारले वुहानका अस्पतालहरुमा उपचार गराइरहेका सबै कोभिड–१९ का बिरामी डिस्चार्ज भएका जनाएको छ ।

चिनियाँ नेसनल हेल्थ कमिसन (एनएचसी) का प्रवक्ता मी फेङका अनुसार वुहानका अस्पतालमा भर्ना भएका सम्पूर्ण संक्रमित निको भएपछि घर पठाइएको हो। चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट कोभिड–१९ को संक्रमण विश्वभर फैलिएको हो।

‘पछिल्लो समाचार यो छ कि आज (आइतबार) देखि वुहानमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। अस्पतालहरुबाट सबैजना निको भएर फर्केका छन्। वुहान र देशभरका चिकित्सकहरूको प्रयासप्रति हार्दिक धन्यवाद,’ मीले भने।

एनएचसीका अनुसार चीनका जम्मा संक्रमितमध्ये ५६ प्रतिशत वुहानका हुन्। यहाँ ४६ हजार ४ सय ५२ जनामा संक्रमण देखिएको हो। भाइरसका कारण ३ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ। जुन चीनमा ज्यान गुमाउनेको ८४ प्रतिशत हो। चीनमा हालसम्म ८३ हजार ९ सय १२जनामा संक्रमण पुष्टि भइसकेको छ।

कोभिड–१९ को संक्रमण फैलिएपछि वुहानलाई जनवरी २३ मा लकडाउन गरिएको थियो। अप्रिल ८ मा लकडाउन खुला गरिएपछि भने हाल वुहानको जनजीवन सामान्य हुँदै गएको छ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…