कोरोनाबाट आइतबारसम्म विश्वभर ४९ जना नेपालीको मृत्यु, २ हजार बढी संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) बाट आइतबारसम्म नेपाल बाहिर ४९ नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ, उच्चस्तरीय स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ३३ नेपालीले ज्यान गुमाएका छन्। यो तथ्यांक नेपाली समयअनुसार आइतबार बिहानसम्मको हो।

कोरोनाका कारण अमेरिकामा ८, युएईमा २ जना नेपालीले ज्यान गुमाएको समितिको प्रतिवेदनमा उल्लेख छ। टर्की, आयरल्यान्ड, नेदरल्याण्ड्स र जापानमा एक-एक नेपालीको मृत्यु भएको छ।

विदेशस्थित अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली दूतावास, एनआरएनए शाखा तथा स्थानीय संघसंस्थाको सहयोगमा समितिले यो तथ्यांक संकलन गरेको हो।

समितिको तथ्यांकअनुसार विदेशमा रहेकामध्ये कूल १ हजार ९ सय ७४ नेपाली कोरोनाबाट संक्रमित छन्। यो तथ्यांक नेपालमा संक्रमित हुनेहरुको संख्या बाहेक हो। संक्रमित हुनेमा विदेशस्थित अस्पतालमा कार्यरत ७० भन्दा बढी नेपाली चिकित्सक पनि छन्।

कोरोनाबाट सबैभन्दा बढी नेपाली अमेरिकामा संक्रमित भएका छन्। ‘त्यहाँ एक हजारभन्दा बढी नेपाली संक्रमित भएका छन्’, समितिले भनेको छ, ‘दोस्रो धेरै नेपाली संक्रमित हुने देशमा ब्रिटेन रहेको छ।’ ब्रिटेनमा ७०० भन्दा बढी नेपाली संक्रमित छन्।

समितिका अनुसार विदेशमा अहिलेसम्म ४३४ नेपाली संक्रमित भएपछि सञ्चो भएका छन्।

‘विश्वभरिका नेपालीमध्ये २४ देशमा रहेकाहरुमा कोरोना देखिएको छ। हामी त्यसको अनुसन्धान गरिरहेका छौं’, एनआरएनए महासचिव डा.हेमराज शर्मा भन्छन्, ‘कोरोनाका कारण नेपालीमा परेका अन्य असरहरुबारे समेत अध्ययन गर्ने काम भइरहेको छ।’

महासचिव डा. शर्माका अनुसार कोरोना महामारी पछि संघले ४१ देशमा रहेका शाखामार्फत ९ सय स्वयसेवक परिचालन गरेको छ। त्यसबाट विश्वभरका करिब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष—अप्रत्यक्ष रुपमा राहत पाएका छन्।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…