र्सामा एकैदिन ४ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुने संख्या १६ पुग्यो, ३५ जनाको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ — नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये १६ जना निको भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा कोरोना संक्रमणपछि निको हुनेको संख्या १६ पुगेको जनाएको हो ।

आइतबार थप ४ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १६ पुगेको हो।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नारायणी अस्पतालमा उपचाररत रौटहटका १९ वर्षीय युवक १२ औँ दिनमा र पर्साका ३ जना पुरुष १५ औँ दिनमा निको भएर घर फर्किएको बताए।

यस्तै,आइतबार थप २ जना नयाँ संक्रमित भेटिएपछि कोरोना संक्रमितको संख्या मुलुकभर ५१ पुगेको छ।

संक्रमतिमध्ये धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना उपचाररत रहेका छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ४१ हजार ४ सय ३६ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ९ सय ३१ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ५१ हजार ३ सय ६७ वटा परीक्षणहरु भएका छन्।

हाल मुलुकभर आइसोलेसनमा ११० जना रहेको मन्त्रालयले जनाएको छ। काठमाडौँमा ६ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १०४ जना रहेका छन्। क्वारेन्टाइनमा १७ हजार २५ जना रहेको मन्त्रालयले बताएको छ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…