चिनियाँ शैली पछ्याउँदै जनार्दन शर्माको अगुवाईमा बन्यो दश दिनमै सुविधासम्पन्न अस्पताल

केही समयअघि चीनको बुहानमा दश दिनमा हजार शैयाको अस्पताल बनेको समाचार भाइरल भएको थियो । यता नेपालमा पनि त्यही शैली पछ्याउँदै रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले दश दिनमा १४ शैयाको सुविधासम्पन्न अस्पताल तयार गरेको छ ।

शुरुमा १२ शैयाका लागि बनाइएको अस्पताल १४ शैयाको बनेको छ भने आवश्यक परे बीस शैयाको बनाउन सकिने आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो ।

हाल कोरोना संक्रमणका विरामी भेटिए राख्नका लागि आइसोलेशन अस्पतालको रुपमा स्थापना गरिएको भए पनि दीर्घकालीनरुपमा यसलाई आठबीसकोट नगर अस्पतालको सरुवा रोग शाखा राखिने छ । आठबीसकोट नगरपालिकाले यसअघि नै २५ शैयाको नगर अस्पतालमा सञ्चालनमा ल्याइसकेको छ ।

स्थानीय श्रम र स्रोत साधनको परिचालन गर्दै चैत २५ गते निर्माण शुरु गरिएको थियो । वैशाख ४ गते दश दिन अर्थात २४० घण्टामा न्यूनतम असी जनाले झण्डै ८ हजार घण्टा काम गरेका छन् । दिनराति गरेर काम गरिएको थियो । भवन निर्माण, काठ, टायल, प्लाष्टर, विद्युतीकरण आदिको काम एकैसाथ अघि बढाइएकाले पनि दश दिनमै निर्माण सम्पन्न गर्न संभव भएको हो ।

कूल ८९ लाखको लागतमा भवन निर्माण गरिएकोमा ७५ लाख बजेट खर्च भएको छ भने बाँकी १४ लाख बरारको स्थानीयले श्रमदान गरेको प्रमुख केसीले जानकारी दिनुभयो । पूर्वमन्त्री एवं रुकुमपश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को योजना र प्रत्यक्ष संरक्षणमा भएको अस्पताल निर्माणमा उहाँले पनि एक घण्टा श्रमदान गर्नुभएको थियो ।

‘सबैले आ–आफ्नो अनुकूलतामा श्रमदान गरौं भन्ने नीतिअनुसार उहाँ (प्रभाकर)ले पनि एक घण्टा श्रमदान गर्नुभयो’– प्रमुख केसीले भन्नुभयो । प्रभाकरले ३१ देखि ३२ औं घण्टासम्म श्रमदान गर्नुभएको थियो ।

यो अस्पतालमा यही वैशाख १८ गतेदेखि सेवा शुरु गर्ने तयारी गरिएको छ । यद्यपि अहिलेसम्म यो पालिकामा कोरोनाका आशंकित विरामी एक जना पनि छैनन् ।

भवन निर्माणको काम सबै सकिए पनि समय भएकाले डबल पेन्टिङ, फिनिसिङलगायतका काम भने भइरहेका छन् । यसको प्रत्यक्ष नेतृत्व लिएर नगर प्रमुख आफैले पनि काम गरिरहनुभएको छभने पालिकामा रहेका श्रम सहकारीहरुले सहयोग गरिरहेका छन् ।

‘निर्माणको काम त हाम्रो आफ्नै निर्देशनमा भयो तर श्रम सहकारीहरुले कसैले जनशक्ति उपलब्ध गराएर सहयोग गरिरहेका छन्’– उहाँले भन्नुभयो ।

दश दिनमै यति ठूलो पक्की भवन स्थानीय जनताकै सहभागितामा निर्माण गरिएको यो नेपालकै पहिलो घटना हुनुपर्छ । यसले यो पालिकालाई थप उत्साहित बनाएको प्रमुख केसीले बताउनुभयो ।

‘हामीले युद्धस्तरमै काम गर्ने योजनासहित काम अघि बढायौं, चाहे गर्न सकिदोरहेछ भन्ने देखाइदिएका छौं’– उहाँले थप्नुभयो– ‘पहिलो अभ्यास भएकाले केही कमीकमजोरी भए होलान् तर आगामी दिनमा योभन्दा राम्रो र छिटो गरी काम गर्न सकिन्छ भन्ने पाठ सिकेका छौं ।’
यसबीचमा १४ लाख बराबरको श्रमदान भएको छ भने १५ लाख नगद नै सहयोग प्राप्त भएको पनि पाकिाले जनाएको छ । ‘हामीले युद्धस्तरमा हामी अघि बढाएपछि दश दिनसम्म पालिका पूरे निर्माणमय बन्यो’– उहाँले भन्नुभयो– ‘हामीले श्रम र सहयोग अनिवार्य गरेका थिएनौं तर काममा आउन पाउने जति आउनुभयो र नपाउनेले स्वस्फूर्त १५ रुपैयाँ सहयोग नै गर्नुभयो ।’

त्यस्तै कर्णाली प्रदेश सरकारले गत चैत १३ गते चौरजहारी अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गरेलगत्तै काममा जुटेको अस्पतालले अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न गरेको बताएको छ ।

प्रदेश सरकारले त्यसका लागि रु ५० लाख बजेट अस्पताललाई निकासा गरेको थियो । भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशका तीन आइसोलेसन वार्डमध्ये चौरजहारी अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा बिरामी भर्ना गर्ने गरी निर्माण गरिएको जानकारी दिनुभयो ।

चौरजहारी अस्पतालले ५० शैयाको आइसोलेसन अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको अस्पतालका प्रशासक दिलबहादुर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार शीतल मावि चौरजहारीको एउटा भवनमा २० श्यया, चौरजहारी अस्पतालभित्रै चार श्यया तयार छन् ।

अस्पताल परिसरमा अरु २० श्ययाको अन्तिम काम हुँदैछ । दश दिनमा सक्नेगरी शुरु भएको उक्त वार्डको अन्तिम काम भइरहेको प्रशासक गिरीले बताउनुभयो । सिस्नेअनलाइनबाट 

भर्खरै प्रकाशित

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री…

केपी ओली भन्दा काँग्रेस धेरै वामपन्थी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले काँग्रेस वामपन्थी भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर…