दिवेश पोखरेलको अपिल : अमेरिकन आइडल जिताउन भोट गर्नुहोस्

काठमाडौं। विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका नेपाली युवा दिवेश पोखरेललाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको छ । उनलाई अब फ्यानहरुको भोटको आवश्यकता पर्नेछ जसले उनको अगाडिको यात्रा तय गर्नेछ ।

दिवेशले आफ्नो फेसबुक पेजमार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका छन् । साथमा उनले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका छन् ।

अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ । उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन् ।

दिवेशका लागि भोटिङ आजदेखि खुल्ला भएको छ । आउँदो अप्रिल २९ तारिखसम्म उनलाई भोट गर्न पाइनेछ । दिवेशले फेसबुक पेजमा एउटा भिडियो सन्देश जारी गर्दै भोटिङका लागि अपिल गरेका छन् ।

एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने ब्यबस्था गरिएको छ । मोवाइल एसएाएस पठाएर, अमेरिकन आइडलको मोवाइल एपमार्फत तथा अमेरिकन आइडलको वेबसाइटमार्फत गरी ३ तरिकाले भोट गर्न सकिनेछ । प्रत्येक तरिकाबाट बढीमा १० भोट गर्न पाइनेछ । भोटिङ गर्ने विस्तृत तरिका दिवेशले फेसबुक पोस्ट र भिडियो सन्देशमा बनाएका छन् ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…